
नयाँ दिल्ली, २१ दिसम्बर (हि.स.)। केन्द्रिय विज्ञान तथा प्रविधि एवं पृथ्वी विज्ञान राज्य मन्त्री डा. जितेन्द्र सिंहले आइतबार इलेक्ट्रिक सवारीसाधन (ईभी) ले पर्यावरण संरक्षणदेखि रोजगारी सिर्जनासम्म भारतको विकासलाई गति दिइरहेको बताएका छन्।
डा. जितेन्द्र सिंहले आज भारत मण्डपममा आयोजित इलेक्ट्रिक भेहिकल (ईभी) एक्स्पोमा स्वच्छ यातायात र युवा उद्यमशीलताका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण उल्लेख गरे। उनले युवाहरूबीच इलेक्ट्रिक सवारीसाधन क्षेत्रभित्र उपलब्ध अवसरबारे जनचेतना बढाउन र यसको पहुँच विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए।
उनले भने, इलेक्ट्रिक मोबिलिटीको विकासका लागि हरित र दिगो भविष्य, विश्वव्यापी साझेदारका रूपमा भारतको बढ्दो भूमिका तथा स्वच्छ ऊर्जाप्रति समग्र दृष्टिकोण मुख्य आधारस्तम्भ हुन्। इलेक्ट्रिक मोबिलिटी केवल यातायात वा पर्यावरणसँग सम्बन्धित विषय मात्र होइन, तर यो उद्यमशीलता, रोजगारी र जीविकोपार्जनको एक सशक्त इञ्जिनका रूपमा उदाउँदैछ।
यसका अतिरिक्त एम्बुलेन्स, ई–रिक्सा, यात्रुवाहक सवारीसाधन तथा व्यावसायिक प्रयोजनजस्ता विभिन्न क्षेत्रमा यसको प्रयोग तीव्र रूपमा बढिरहेको उनले बताए।
कार्यक्रमका क्रममा उनले ‘मेक इन इन्डिया’ अन्तर्गत निर्मित ईभी उत्पादनहरू, कम्पोनेन्टहरू तथा स्वच्छ गतिशीलता प्रविधिहरूको विस्तृत श्रृंखलाको अवलोकन गरे र सहभागीहरूसँग चर्चा पनि गरे।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी