
काराकास (भेनेजुएला), 21 दिसम्बर (हि.स.)। वाशिङ्गटनले काराकासमाथि दबाउ बढाएको छ। यस कारण अमेरिका र भेनेजुएलाबीचको तनाउ अझ बढेको छ। अमेरिकाले भेनेजुएलालाई आर्थिक क्षति पुर्याएको छ र सम्पूर्ण विदेशी व्यापारलाई ध्वस्त बनाइदिएको छ। अमेरिकाले भेनेजुएलाको दोस्रो व्यापारिक जहाज पनि जफत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकोलस मादुरो सरकारलाई कडा चेताउनी दिएको छ।
सीएनएनको रिपोर्ट अनुसार, एक अमेरिकी अधिकारीले शनिवार यसको पुष्टि गरे। अधिकारीले भने, यस जहाजलाई अमेरिकाले भेनेजुएलाको तट छेउ जफत गरेको छ। यो महिना यस्तो दोस्रो घटना हो। अमेरिकाले 10 दिसम्बरमा स्किपर नामक ठूलो तेल ट्याङ्कर जफत गरेको थियो। अधिकार अनुसार, हालै जफत गरिएको जहाजमा पनामाको झण्डा लागेको थियो। जहाज भेनेजुएलाको तेल लिएर एशिया जाने तयारीमा थियो।
अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले शनिवार दिउॅंसो सोशल मिडियामा सात मिनटको भिडियो पोस्ट गरेकी छन्। यसमा एउटा हेलीकप्टर ट्याङ्करमाथि घुमिरहेको देखिन्छ। उनले लेखेकी छन्, ट्याङ्करलाई कोस्ट गार्डले सुरक्षा विभागको मद्दतमा जफत गरेको छ। यस बीच, भेनेजुएलाका विदेशमन्त्रीले शनिवार घोषणा गर्दै ईरानले अमेरिकी सरकारको यस कदमलाई समुद्री डकैतीको संज्ञा दिएको बताएका छन्।
उल्लेखनीय छ, अमेरिकी सेनाका युद्धक जहाज र युद्धपोत प्रशान्त महासागरमा तैनात छन्। भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले देशमाथि हमला गर्न सक्ने भय छ। उनले संयुक्त राष्ट्र समक्ष अमेरिकी घेराबन्दी समाप्त गर्न अपील गरिसकेका छन्। संयुक्त राष्ट्रले दुवै देशलाई धैर्य अपनाउने अपील गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी