
नयाँ दिल्ली, 21 दिसम्बर (हि.स.)। कांग्रेसका प्रवक्ता एवं मीडिया विङका प्रमुख पवन खेड़ाकी पत्नी एवं लेखिका कोटा नीलिमाले विदेशी कोष र कथित मीडिया प्रभाव नेटवर्कहरू सम्बन्धी आरोपहरूलाई झूटा, दुर्भावनापूर्ण र प्रतिष्ठालाई नोकसान पुऱ्याउने बताएकी छन्। उनले आरोप लगाउनेहरू र जानीजानी झूट फैलाउनेहरू विरुद्ध कानूनी कारबाही गर्ने चेताउनी दिएकी छन्।
कोटा नीलिमाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनीमाथि लगाइएको आरोप सम्बन्धी पोस्ट गरी भनेकी छन्, जाँचको नाममा फैलाइएको सम्पूर्ण कथा मानहानिपूर्ण बकवास हो, जसले उनलाई स्तब्ध बनाएको छ। यो जानीजानी बनाइएको झूटो कथा हो, जुन उनको प्रतिष्ठालाई हानि पुर्याोउने उद्देश्यले प्रकाशित गरिएको छ।
पोस्टमा उनले भनेकी छन्, प्रत्येक तथाकथित तथ्यात्मक दाबी पूर्णतया गलत र दुर्भावनापूर्ण छ र यसको निम्ति जिम्मेवार लेखक, प्रकाशक र प्रवर्द्धकहरू विरुद्ध ढिलाइ नगरी कानूनी कारबाही भइरहेको छ र यो मुद्दालाई कानून अन्तर्गत पूर्ण हदसम्म पछ्याइनेछ।
उल्लेख्य, शनिवार 'द हक आई' नामक एक्स ह्याण्डलबाट एक पोस्ट गरिएको थियो, जसमा कांग्रेस, विदेशी फण्डिङ र मिडिया कथनहरू सम्बन्धी आरोपहरू लगाइएको थियो। उक्त पोस्टमा दाबी गरिएको छ कि भारतमा मीडिया नरेटिवलाई प्रभावित गर्ने एक कथित नेटवर्क सञ्चालनमा छ, जसको केन्द्रमा कांग्रेस प्रवक्ता पवन खेराकी पत्नी कोटा नीलिमा छन्।
हिन्दुस्थान समाचार / भवानी थामी