एयर इन्डियाको विमानको आपतकालीन अवतरण, सबै यात्रु सुरक्षित
AIR INDIA


नयाॅं दिल्ली, 22 दिसम्बर (हि.स.)। दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलबाट आज बिहान मुम्बईतर्फ उडेको एयर इन्डियाको उडान संख्या एआई–८८७ केही मिनेटमै आकाशबाट फिर्ता बोलाइयो। उक्त विमानको आपतकालीन अवतरण गराइएको हो। विमानमा सवार सबै यात्रु सुरक्षित छन्।

आधिकारिक जानकारीअनुसार, प्राविधिक खराबीका कारण एयर इन्डियाको उडान संख्या एआई–८८७ ले मुम्बईतर्फको यात्रा बीचमै रोकेर दिल्ली फर्कनु पऱ्यो। विमानमा रहेका सबै यात्रु सुरक्षित छन्। विमानले निर्धारित समयमा दिल्ली विमानस्थलबाट उडान भरेको थियो, तर उडानपश्चात ककपिटमा प्राविधिक खराबीको संकेत देखियो। त्यसपछि पाइलटले सतर्कता अपनाउँदै विमान फर्काउने निर्णय लिए।

यस घटनाप्रति प्रतिक्रिया दिँदै एयर इन्डियाले यात्रीहरूको सुरक्षा नै सर्वोच्च प्राथमिकता रहेको जनाएको छ। प्रवक्ताले भने, टेकअफको केही समयपछि प्राविधिक खराबी देखिएपछि उडान संख्या एआई–८८७ लाई फिर्ता बोलाइयो। विमानले दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरेको छ र विमानमा सवार सबै यात्रु तथा क्रु मेम्बर पूर्ण रूपमा सुरक्षित छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande