
गुवाहाटी, 22 दिसम्बर (हि.स.)। गुवाहाटीको फटासिल आमबारी थानाको पुलिसले पलटन बजार पुलिसको मद्दतमा चोरी गरिएको स्कूटीसहित एक वाहन चोरलाई पक्राउ गरेको छ।
पुलिसले सोमवार बताए, गुप्त सूचनाको आधारमा फटासिल आमबारी पुलिसको टीमले पलटन बजार पुलिसको मद्दतमा एउटा चोरी गरिएको स्कूटी बरामद गरेको छ। अभियानको क्रममा यस मामिलामा दुई वाहन चोरलाई पनि पक्राउ गरिएको छ।
पक्रा परेका वाहन चोरहरूको नाम सरिफुल अली (19) र सुजीत दास (20) बताइएको छ। उनी दुवै ज्योतिकुची निवासी हुन्। उनीहरूले यसै महिनाको शुरूमा ज्योतिकुचीबाट स्कूटी चोरी गरेका थिए। घटनाको सम्बन्धमा अगावै दर्जा गरिएको प्राथमिकीको आधारमा आरोपीहरूसॅंग सोधपुछ शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल