म्याक्सिकोको नौसेनाको विमान दुर्घटनाग्रस्त, पॉंचको मृत्यु
म्याक्सिकोको नौसेनाको विमान दुर्घटनाग्रस्त


गेल्वेस्टन (टेक्सास), 23 दिसम्बर (हि.स.)। म्याक्सिकोको नौसेनाको एउटा विमान सोमवार टेक्सासको गेल्वेस्टनमा दुर्घटनाग्रस्त भयो। राहत एवं बचाउ कार्य जारी छ। मृतकहरूको संख्यालाई लिएर स्पष्ट जानकारी आउन बाकी छ।

अमेरिकी कोस्ट गार्ड अनुसार, यस दुर्घटनामा कम्तिमा पॉंच जनाको मृत्यु भएको छ। अन्य रिपोर्टहरूमा पाइलट, एक डाक्टर र बिरामीसहित छजनाको मृत्यु भएको आशंका गरिएको छ।

द न्यूयर्क टाइम्स र ह्यूस्टन क्रानिकलको रिपोर्ट अनुसार, यस विमानमा चार म्याक्सिकन नेवी अधिकारीहरू र चार नागरिकसहित आठ जना थिए। यो विमान आगोले गम्भीर रूपमा घाइते एक सालको नानीलाई लिएर गइरहेको थियो। राहत एवं बचाउ कार्यको क्रममा दुई जनालाई बचाएर स्थानीय चिकित्सा केन्द्रहरूमा लगिएको बताइएको छ। यसमा एक 27 वर्षीय महिला पनि सामेल छन्। दुर्घटनाको कारण बाक्लो कुहिरो बताइएको छ।

गेल्वेस्टन काउण्टी शेरिफ जिमी फुलनले भने, यो विमान दिउॅंसो 3:17 बजी गेल्वेस्टन कज वेको पश्चिममा दुर्घटनाग्रस्त भयो। सॉंझ पॉंच बजीसम्म छजनालाई बाहिर निकालियो। म्याक्सिकोको नौसेना सचिवालयको एक्स पोस्टमा भनिएको छ, 'दुर्घटनाको समय विमान मिचो र माउ फाउण्डेशनको समन्वयमा एक मेडिकल सहायता मिशनमा थियो। मिचो र माउ फाण्डेशन म्याक्सिकोले आगोमा गम्भीर रूपमा घाइते नानीहरूको मद्दत गर्दछ।'

रिपोर्ट्स अनुसार, गेल्वेस्टन पुलिस विभाग, गेल्वेस्टन काउण्टी शेरिफ कार्यालय, अमेरिकी कोस्ट गार्ड र टेक्सस सार्वजनिक सुरक्षा विभागका अधिकारीहरूले घटनाको जॉंच गरिरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande