पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको जयन्तीमा 'सदैव अटल' पुगे राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र अन्य, सबैले अर्पण गरे पुष्पाञ्जलि
राष्ट्र


नयाँ दिल्ली, 25 दिसम्बर (हि.स.)। देशका पूर्व प्रधानमन्त्री र भारतरत्न अटल बिहारी वाजपेयीको 101औं जयन्तीमा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्यले आज बिहान नयाँ दिल्लीको विजय घाटमा स्थापित 'सदैव अटल' स्मारक पुगेर पुष्पाञ्जलि अर्पित गरे। भाजपाका शीर्ष पुरूष वाजपेयीलाई लोकसभा अध्यक्ष ओम बिरला, गृहमन्त्री अमित शाह, केन्द्रिय मन्त्री जेपी नड्डा, भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबीन, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता आदिले पनि श्रद्धाञ्जलि दिए।

उपराष्ट्रपति सीपी राधाकृष्णनले एक्समा भनेका छन्, अटल बिहारी वाजपेयी एक राजनेता, कवि र एकताको प्रतीक थिए। उनका शब्दहरूले राष्ट्रलाई प्रेरणा दियो र दृष्टिकोणले भविष्यलाई आकार दियो। अटलजीको अमिट विरासत संवाद, मर्यादा र समर्पण मार्फत सामाजिक परिवर्तनको शिक्षा हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा भनेका छन्, अटल बिहारी वाजपेयीले आफ्नो जीवन सुशासन र राष्ट्र निर्माणमा समर्पित गरे। अटलजी एक शक्तिशाली वक्ता र ओजस्वी कवि थिए। उनको व्यक्तित्व र नेतृत्व देशको चौतर्फी विकासको पथ प्रदर्शक हो।

केन्द्रिय गृहमन्त्री अमित शाहले एक्समा भनेका छन्, भाजपा स्थापना गरेर अटलजीले राष्ट्रिय हित र सांस्कृतिक राष्ट्रवादलाई प्राथमिकता दिने विकल्प दिए। अटलजीको नेतृत्वमा एनडीए सरकारले सम्पदा र विज्ञानलाई एकीकृत गर्ने मोडेल प्रस्तुत गर्योव र परमाणुशक्ति सम्पन्न भारत उनको दृढ नीतिको परिणाम हो।

भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनले एक्समा भनेका छन्, अटलजी मूल्यमा आधारित राजनीति र वैचारिक प्रतिबद्धताको स्तम्भ थिए। अटलजीले लोकतन्त्रलाई संवाद- संस्कृति दिए र सार्वजनिक सेवालाई आदर्श बनाए। उनको जीवन राष्ट्रको सर्वांगीण विकासको लागि प्रेरणा हो। नितिन नवीनले पनि देशवासीहरूलाई सुशासन दिवसको शुभकामना दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande