केलिफोर्नियामा तूफान, घना वर्षा, ठूलो हिस्सा बाढ़ीले घेऱ्यो
लस


सैक्रामेन्टो, 25 दिसम्बर (हि.स.)। कैलिफोर्नियालाई बुधवार शक्तिशाली तूफानको सामना गर्नुपऱ्यो। यस अवधि तीव्र हावा बग्नथाल्यो। केही बेरपछि पानी पर्नु शुरू भयो। हेर्दा-हेर्दै नदीहरूको जलस्तर बढ्यो। धेरै क्षेत्रहरूमा बाढ़ी आएको छ। सड़कहरूमा भल बग्न थाल्यो। केही ठाउँहरूमा बाढ़ीमा फंसेका मानिसहरूलाई बचाइयो। मौसम एवं विज्ञान विभागले दक्षिणी कैलिफोर्नियामा वर्षौपछि क्रिसमसमा सबैभन्दा अधिक पानी पर्नसक्ने बताएको छ।

सीबीएस न्यूजको रिपोर्ट अनुसार, अधिकारीहरूले आकस्मिक बाढ़ी र पैह्रोको चेताउनी जारी गरेका छन्। जनवरीमा जंगलको आगोले प्रभावित केही क्षेत्रहरूमा मानिसहरूलाई सुरक्षित ठाउँहरूमा जानु भनियो। लस एन्जेल्स काउन्टीका अधिकारीहरूले भने, जर्जर घरहरूमा बस्ने लगभग 380 जनालाई सुरक्षित ठाउँहरूमा पठाइएको छ।

लस एन्जेल्स दमकल विभागले बुधवार बिहान बतायो, दमकलकर्मीहरूले उत्तर-पश्चिममा एक ड्रेनेज टनलमा फंसेको एक व्यक्तिलाई बचायो। कैलिफोर्नियाका गवर्नर गैविन न्यूजोमले बुधवार लस एन्जेल्स, अरेन्ज, रिवरसाइड, सैन बर्नार्डिनो, सैन डिएगो र शास्ता काउन्टियोमा आपातकालको घोषणा गरे। नेशनल वेदर सर्विसले मंगलवार अबेर साझँ तूफान आउने चेताउनी जारी गरेको थियो।

लन्स एन्जेल्सका अधिकारीहरू अनुसार, तूफानमा रूख र बिजुलीका तार भाँचिएर झरे। यसले गर्दा धेर प्रमुख सड़कहरू बन्द भएको छ। नेशनल वेदर सर्विसको मौसम विज्ञानी माइक वफोर्डले भने, दक्षिणी कैलिफोर्नियामा साधारणतः सालको यस समय आधा इञ्चदेखि एक इञ्च पानी पर्छ तर यस हप्ता धेरै क्षेत्रहरूमा चारदेखि आठ इञ्च पानी पर्नसक्छ। लस एन्जेल्स पुलिसले मानिसहरूसित जर्जर र कमजोर भइसकेका घरहरूमा नबस्ने अपील गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande