
चित्रदुर्ग (कर्नाटक), 25 दिसम्बर (हि.स.)। कर्नाटकको चित्रदुर्ग जिल्लाको हिरियूर तालुकअन्तर्गत गोरलाहट्टू गाउँ नजिक आज बिहान लरीसँग ठोक्किएपछि एउटा बसमा आगलागी भयो। यस दुर्घटनामा नौभन्दा बढी यात्री जिउँदै जलेर ज्यान गुमाएका छन्। आगलागीबाट निजी स्लीपर कोच बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।
पुलिसका अनुसार, बेङलुरुबाट गोकर्णतर्फ जाँदै गरेको बसलाई एक लरीले अगाडिबाट ठक्कर दिएको थियो, जसपछि बसमा आगो लाग्यो। यो दुर्घटना राष्ट्रिय राजमार्ग–४८ अन्तर्गत गोरलाहट्टू गाउँ नजिक भएको हो। पुलिसले मृतकहरूको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेको छ। दुर्घटनामा धेरै जना गम्भीर घाइते भएका छन्, जसको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।
पुलिसको प्रारम्भिक जॉंचमा ट्रक चालकको लापरवाही देखिएको छ। चित्रदुर्गका पुलिस अधीक्षक रञ्जित घटनास्थलमा पुगेर निरीक्षण गरेका छन्। उनले हिरियूर ग्रामीण पुलिस थानामा मुद्दा दर्ता भइसकेको जानकारी दिँदै दुर्घटनाको कारण पत्ता लगाउन थप जॉंच जारी रहेको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी