तमिलनाडुको तिरुचिरापल्ली राष्ट्रिय राजमार्गमा बस कारसँग ठोक्कियो, सात जनाको मृत्यु
Accident


कदालूर (तमिलनाडु), 25 दिसम्बर (हि.स.)। तमिलनाडुको तिरुचिरापल्ली–चेन्नई राष्ट्रिय राजमार्गमा गए राति भएको भीषण सडक दुर्घटनामा सात जनाको ज्यान गएको छ। यो दुर्घटना तमिलनाडु राज्य एक्सप्रेस यातायात निगमको बसको टायर पड्किएपछि अनियन्त्रित भएर दुईवटा कारसँग ठोक्किँदा भएको हो।

पुलिस अधिकारीहरूका अनुसार, उक्त बस तिरुचिरापल्लीबाट चेन्नईतर्फ जाँदै थियो। कदालूर जिल्लाको तिट्टुकुडी नजिकको उपतूरू क्षेत्रमा अचानक बसको टायर पड्किएपछि चालकले नियन्त्रण गुमाए। अनियन्त्रित बस डिभाइडर तोड्दै विपरीत दिशातर्फ गयो र चेन्नईबाट तिरुचिरापल्ली जाँदै गरेका दुई कारसँग ठोक्कियो।

ठक्करपछि दुवै कार बसमुनि फसेर पूर्ण रूपमा क्षतिग्रस्त भए। कारमा सवार सातै जनाको घटनास्थलमै मृत्यु भएको पुलिसले बताएको छ। दुर्घटनाका कारण राष्ट्रिय राजमार्गमा यातायात अवरुद्ध भएको थियो। हाल बस चालकसँग सोधपुछ भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande