चीनद्वारा पुनः ताइवानमा घुसपैठ, दुई देशबीच तनाउ चर्कियो
चीनद्वारा पुनः ताइवानमा घुसपैठ


ताइपे (ताइवान), २६ दिसम्बर (हि.स.)। चीनले पुनः ताइवान वरिपरि सैन्य गतिविधि तीव्र बनाएको छ, जसका कारण दुई देशबीचको तनाव थप चर्किएको छ। ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले शुक्रबार बिहान चीनका दुई लडाकु विमान, छ नौसैनिक जहाज तथा दुई वटा गुब्बारा ताइवान नजिक देखिएको पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार शुक्रबार बिहान करिब ६ बजी (स्थानीय समय) यी गतिविधिहरू देखिएका हुन्। छ उडानमध्ये दुई विमानले मध्यरेखा पार गर्दै ताइवानको उत्तर तथा दक्षिण–पश्चिम वायु रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए। ताइवानले चीनको यस गतिविधिप्रति उपयुक्त प्रतिक्रिया दिएको जनाएको छ।

ताइपे टाइम्स को रिपोर्टअनुसार, ताइवानको भूमि मामिला परिषदले चीनमाथि अन्तरराष्ट्रिय दमन तथा राजनीतिक हेरफेर गरेको आरोप लगाएको छ। उता, चीनको सार्वजनिक सुरक्षा एजेन्सीले भने समुद्रमुनिका केबलहरूमा भएको क्षतिको लागि ताइवानी नागरिकमाथि जिम्मेवार ठहराएको छ। ताइवानले चीनको यस दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

रिपोर्टमा उल्लेख भएअनुसार, गत जुन महिनामा ताइवानको एक अदालतले टोगोमा दर्ता भएको जहाज हाङ ताई ५८ का चिनियाँ कप्तानलाई समुद्री केबल क्षति प्रकरणमा तीन वर्षको जेल सजाय सुनाएको थियो।

यसैबीच, फोकस ताइवान समाचार पोर्टलको बिहिवारको रिपोर्टअनुसार पनि चीनले घुसपैठ गरेको जनाएको छ। ताइवानका अनुसार, बिहिवार दिउँसो लगभग २:३० बजी किनमेन द्वीप समूह अन्तर्गत दादान द्वीपको पश्चिमतर्फको प्रतिबन्धित जलक्षेत्रमा चीन कोस्ट गार्डका तीन जहाज देखिएका थिए। ताइवान कोस्ट गार्ड प्रशासनले ती जहाजहरू साँझ ४:१२ बजी उक्त क्षेत्र छाडेर गएको जानकारी दिएको छ।

सीजीएले खराब मौसमका बावजुद चीनले यस्तो दुस्साहसपूर्ण घुसपैठ गरेको भन्दै कडा निन्दा गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande