बंगलादेशमा हिन्दुहरूमाथि भइरहेको अत्याचारको विरोधमा‌ खरसाङमा विरोध र्याली
बंगलादेशमा हिन्दुहरूमाथि भइरहेको अत्याचारको विरोधमा‌ खरसाङमा विरोध र्याली


खरसाङ, 27 दिसम्बर (हि.स.)। बंगलादेशमा केही दिन अघि एक हिन्दू युवक दिपु दासलाई केही कट्टरपन्थीहरूले जलाएर हत्या गरेका थिए। यस घटनाको विरोधमा अहिले भारतमा विरोध प्रदर्शन भइरहेको छ।

यसै क्रममा आज विश्व हिन्दू परिषद, खरसाङ शाखाले पनि खरसाङमा विरोध र्याली निकाल्यो। खरसाङ बजार परिक्रमा गरेको यस र्याली अवधि बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको अत्यचारको विरोधमा नाराहरू लगाइए। उक्त र्याली मोटर स्ट्याण्डमा आइपुगेर समाप्त भयो।

यस अघि बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनिसको पुत्ला पनि दहन गरिएको पण्डित आचार्य केशव मिश्र अनि स्वंय सेवक राजेन्द्र प्रसाद सुवेदीले पत्रकारहरुलाई बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande