पश्चिम बंगालमा एसआईआरको सुनवाई शुरू, 3234 केन्द्रमा लाग्यो कतार
चुनाउ


कोलकाता, 27 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) को प्रक्रिया अन्तर्गत शनिवार सुनवाइ शुरू भयो। राज्यभरिका 3234 मतदान केन्द्रहरूमा ठूलो संख्यामा मानिसहरू आफ्नो पहिचान र ठेगाना कागजातहरू लिएर पुगे। मुख्य निर्वाचन अधिकारी कार्यालयका एक वरिष्ठ अधिकारीले प्रत्येक केन्द्रमा मतदाताहरूको लामो लाइन देखिएको जानकारी दिए।

अधिकारी अनुसार, पहिलो चरणको सुनवाइ बिहान 11 बजी शुरु भयो। पहिचान र ठेगाना स्पष्ट रूपमा स्थापित गर्न नसकेका लगभग 32 लाख मतदाताहरूलाई सुनवाइको लागि बोलाइएको छ। यी मतदाताहरूलाई अनम्याप्ड श्रेणीमा राखिएको छ।

यस चरणको सुनवाइको निगरानीको निम्ति कूल 4500 माइक्रो-अब्जर्वरहरू खटाइएको छ। निर्वाचन आयोगको निर्देशन अनुसार, सुनवाइ केन्द्रहरूमा केवल अधिकृत निर्वाचन अधिकारी उपस्थित रहनेछन्, जसमा निर्वाचन पंजीकरण अधिकारी, सहायक निर्वाचन पंजीकरण अधिकारी, बुथ लेवल अधिकारीहरू र पर्यवेक्षकहरू सामेल छन्।

निर्वाचन आयोगका एक अधिकारीले मतदाताहरूले पहिचान र ठेगानाको प्रमाणको रूपमा 12 वटा मान्यता प्राप्त कागजातहरू पेश गर्नसक्ने बताए। यसमा आधार कार्ड पनि समावेश छ तर आधार कार्डलाई एकल कागजातको रूपमा स्वीकार गरिने छैन।

85 वर्ष वा सोभन्दा माथिका मतदाताहरू सुनवाइ केन्द्रमा जानु पर्दैन। यस्तो अवस्थामा निर्वाचन आयोगका अधिकारीहरू सम्पूर्ण प्रक्रिया पूरा गर्न उनीहरूको घरमा जानेछन्।

अधिकारीले सुनवाइ केन्द्रहरूलाई अन्तिम रूप दिइसकेपछि कुनै परिवर्तन गरिएको छैन भनी बताए। यसको उद्देश्य सम्पूर्ण प्रक्रियामा पारदर्शिता र सठीकता कायम राख्नु हो।

उल्लेख्य, निर्वाचन आयोगले 16 दिसम्बरमा एसआईआरपछि राज्यको मस्यौदा मतदाता सूची प्रकाशित गर्योर। यस अवधि मृत्यु, स्थानान्तरण र गणना फारमहरू पेश नगर्ने जस्ता विभिन्न कारणहरू गर्दा 58 लाखभन्दा बढ़ी मतदाताको नाम सूचीबाट हटाइएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande