ग्राम पञ्चायतको तर्फबाट सेनिटेरी प्याड भेन्डिङ मशीन प्रदान
ग्राम पञ्चायतको तर्फबाट सेनिटेरी प्याड भेन्डिङ मशीन प्रदान


तीनधारे, 27 दिसम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको तर्फबाट घैयाबारीको उषाकिरण मल्टिपर्पोस को-ओपरेटिभ सोसाइटीलाई सेनिटेरी प्याड भेन्डिङ मशीन प्रदान गरिएको छ। यस अवसरमा घैयाबारी ग्राम पञ्चायत तीनकी पञ्चायत प्रधान सुष्मा वाईबा, पञ्चायत सदस्यहरु अनिल तामाङ, मिट्ठु लामा, चन्दना तामाङ, ग्राम पञ्चायतको कर्मचारीहरु, संघका को -अर्डिनेटर सीता राई, सचिव पुनम राई, भीओ सदस्यहरु र स्वनिर्भर दलका सदस्यहरू उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande