संसद खेल महोत्सव 2025 को प्रतियोगितामा खरसाङका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन
संसद खेल महोत्सव 2025 को प्रतियोगितामा खरसाङका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन


खरसाङ, 27 दिसम्बर (हि.स.)। संसद खेल महोत्सव 2025 को समापन समारोहमा सिलगढीको मिलन मोड फुटबल मैदानमा आयोजना गरियो। दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न स्थानहरूमा हक्की, ब्याडमिन्टन, कराते, टेबल टेनिस, एथलेटिक्स, योगासन, टग अफ् वार र म्यूजिकल चेयर जस्ता सामुदायिक खेलहरूका साथ महोत्सव आयोजना गरिएको थियो।

फिट इन्डिया र नाशामुक्त भारतको प्रतीक रहेको संसद खेल महोत्सवको समापन समारोहमा सबै पदक विजेताहरूलाई ट्रफी र नगद पुरस्कारले सम्मानित गरियो।

यस महोत्सव अन्तर्गत गत 21 दिसम्बरमा हिमाली बोर्डिङ स्कूल, खरसाङमा कराते च्याम्पियनशिप सम्पन्न गरियो, जसमा दार्जिलिङ जिल्लाभरबाट 238 जनाले भाग लिएका थिए।

यस प्रतियोगितामा मार्शल आर्ट्स एण्ड फिटनेस एकेडेमीले 23 स्वर्ण पदक, 19 रजत पदक र 13 कांस्य पदकसहित पहिलो स्थान प्राप्त गऱ्यो। दोस्रो स्थान दार्जिलिङ युवा कराते एकेडेमीले प्राप्त गऱ्यो, जसले 3 स्वर्ण पदक, 6 रजत पदक र 5 कांस्य पदक जितेको छ। यसरी नै द डेनले 4 स्वर्ण पदक, 2 रजत पदक र 4 कांस्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ।

यसैगरी, पुरुष वर्गमा सर्वश्रेष्ठ फाइटरको पुरस्कार सोनादाका श्रेयांश राई तथा महिला वर्गमा सिपाहीधुराकी कवियान्जली विश्वकर्मालाई प्रदान गरियो। 25 दिसम्बर, 2025 मा सम्पन्न समापन समारोहमा भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भोटियाले पुरस्कार प्रदान गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande