
नयाँ दिल्ली, 28 दिसम्बर (हि.स.)। राष्ट्रिय उपभोक्ता दिवसको अवसरमा, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले बम निरोधक उपकरणहरूको प्रदर्शन मूल्याङ्कन र सुरक्षा परीक्षणलाई मानकीकृत गर्न आईएस 19445:2025 बम डिस्पोजल प्रणाली प्रदर्शन मूल्याङ्कन र आवश्यकता मानक जारी गरे। यो मानक गृह मन्त्रालय र डीआरडीओको टीबीआरएल प्रयोगशालाको अनुरोधमा विकसित गरिएको छ।
जोशीले राष्ट्रिय उपभोक्ता दिवसको अवसरमा राजधानी दिल्लीको भारत मण्डपममा आयोजित एक कार्यक्रममा मानक जारी गरे। यो मानक पीजीडी 28 समिति अन्तर्गत सहमतिमा आधारित प्रक्रिया मार्फत विकसित गरियो। यसको निम्ति टीबीआरएल, डीआरडीओको अध्यक्षतामा पीजीडी 28 पी1 प्यानल गठन गरिएको थियो। विकास प्रक्रियामा डीआरडीओ, एनएसजी, एमईएस, डीजीक्यूए, केन्द्रिय सशस्त्र पुलिस बल, राज्य पुलिस, एएआई, एनसीआरटीसी, अनुसन्धान संस्थानहरू, सार्वजनिक र निजी निर्माताहरू र परीक्षण विशेषज्ञहरू संलग्न थिए।
उपभोक्ता मामिला विभागकी सचिव निधि खरेले भनिन् कि मानक स्वैच्छिक रूपले अपनाउनका लागि हो र गुणस्तरमा आधारित उत्पादन र परीक्षणमा एकरूपतालाई प्रोत्साहित गर्नेछ। मानकमा बम कम्बल, बम बास्केट र बम इन्हिबिटर जस्ता उपकरणहरूको परीक्षणको निम्ति परीक्षण दायरा अवस्था, उपकरण, नमूना, परीक्षण विधि र स्वीकृति मापदण्ड तय गरिएको छ।
यो मानकले अपरेटरहरू, पहिलो प्रतिक्रिया दल र नागरिकहरूको सुरक्षा बढ़ाउनेछ, खरिद प्रक्रियामा पारदर्शिता ल्याउनेछ र मेक इन इन्डिया पहल अन्तर्गत स्वदेशी उत्पादकहरूलाई नवाचार र गुणस्तर सुधार गर्न मद्दत गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी