आन्ध्र प्रदेशमा टाटानगर–एर्नाकुलम एक्सप्रेसमा आगलागी, दुई कोच जले, एक वृद्धको मृत्यु
ट्रेन कोचमा आगलागी।


विशाखापत्तनम, 29 दिसम्बर (हि.स.)। आन्ध्र प्रदेशको अनाकापल्ली जिल्लास्थित यलमञ्चिली रेलवे स्टेशनमा आइतबार राति लगभग एक बजी टाटानगर–एर्नाकुलम एक्सप्रेस ट्रेनमा आगलागी भयो। घटनामा दुई वटा कोच गम्भीर रूपमा जलेका छन्। यस दुर्घटनामा ७० वर्षीय एक व्यक्तिको मृत्यु भएको छ। मृतकको पहिचान विजयवाडाका सुन्दरका रूपमा भएको छ। लोको पाइलटले आगोको ज्वाला देखेपछि तुरुन्तै ट्रेनलाई स्टेशनमा रोकेका थिए।

दक्षिण मध्य रेलवेले एर्नाकुलम (१८१८९) एक्सप्रेसको बी–१ कोचमा आगो लागेको पुष्टि गरेको छ। त्यसपछि रेलवे कर्मचारीहरूले अन्य कोचहरूलाई ट्रेनबाट अलग गरेका थिए। उक्त ट्रेन जमशेदपुरबाट केरलाको एर्नाकुलमतर्फ गइरहेको थियो। दुर्घटना विशाखापत्तनमबाट करिब ६६ किलोमिटर टाडा भएको हो।

अनाकापल्लीका पुलिस अधीक्षक तुहिन सिन्हाले घटनास्थलको निरीक्षण गरेका छन्। मृतकका परिवारलाई जानकारी दिइएको छ। दुर्घटनाबाट जोगिएका यात्रीहरूको स्वास्थ्य परीक्षण गराइएको छ र वैकल्पिक ट्रेनको व्यवस्था गरी उनीहरूलाई एर्नाकुलम पठाइएको छ। सिन्हाका अनुसार, हाल फरेन्सिक टोलीहरू आगलागीको कारण पत्ता लगाउने कार्यमा जुटिरहेका छन्। एफएसएल प्रतिवेदन आएपछि वास्तविक कारण स्पष्ट हुने जनाइएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार, तीव्र आगो र बाक्लो धुवाँ फैलिएकाले उद्धार कार्य कठिन बनेको थियो। कोचका खिडकीहरू फुटाएर यात्रीहरूलाई सुरक्षित बाहिर निकालिएको थियो। आगो सबैभन्दा पहिले पेन्ट्री कारसँग जोडिएको बी–१ कोचमा लागेको र त्यसपछि एम–२ कोचसम्म फैलिएको थियो। दमकल टोली आइपुग्नुअघि नै बी–१ र एम–२ कोच पूर्ण रूपमा जलेका थिए। यद्यपि, यात्रीहरू पहिल्यै कोचबाट बाहिर निस्किसकेका थिए।

आगलागीका कारण लगभग २ हजार यात्री स्टेशनमै अलपत्र परेका थिए। अधिकारीहरूले अवस्थाको समीक्षा गरेका छन् र हाल स्थिति सामान्य रहेको जनाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande