
नयाँ दिल्ली, 29 दिसम्बर (हि.स.)। देशको अग्रणी विमान सेवा कम्पनी इन्टरग्लोब एभिएसन लिमिटेड (इन्डिगो) ले सोमबार बिहान दिल्ली, हिंडन तथा जम्मू विमानस्थलमा बाक्लो कुहिरो लागेको जनाएको छ। दृश्यता घटबढ भइरहेकाले उडानको निर्धारित समयतालिकामा परिवर्तन गरिएको कम्पनीले बताएको छ।
इन्डिगोले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरेको यात्रा परामर्शमा मौसममा सुधार आएपछि उडान सञ्चालन क्रमशः सामान्य बनाइने उल्लेख गरेको छ। साथै, जम्मूबाट सञ्चालन हुने केही उडानहरू रद्द हुन सक्ने सम्भावना पनि रहेको जनाएको छ।
एयरलाइन्सले यात्रुहरूलाई http://bit.ly/3ZWAQXd मार्फत आफ्नो उडानको अवस्था जाँच गर्न अनुरोध गरेको छ। यदि उडान समय प्रभावित भएको खण्डमा यात्रीहरूले आफ्नाे सुविधाअनुसार पुनः बुकिङ गर्न सक्ने वा https://goindigo.in/plan-b.html मार्फत टिकट रकम फिर्ताका लागि आवेदन दिन सक्ने जनाइएको छ।
यात्रीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन विमानस्थल टर्मिनलहरूमा इन्डिगोका टिमहरू तैनाथ रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी