
नयॉं दिल्ली, 29 दिसम्बर (हि.स.)। चतरा जिल्लाको सुदूरवर्ती कुन्दा थाना क्षेत्रमा अवस्थित गेन्दरा गाउँमा आइतवार अबेर राति प्रतिबन्धित उग्रवादी तेस्रो सम्मेलन प्रस्तुति कमिटी (टीएसपीसी) का दुई समूहहरूबीच गोलीबारीको घटना भयो। गोलीबारीमा दुई जनाको घटनास्थलमै मृत्यु भयो भने दुई जना घाइते भएका छन्। घाइतेहरूलाई रांचीको रिम्समा भर्ना गरिएको छ। पुलिसले घटनास्थलबाट दुईवटा देशी पेस्तोल बरामद गरेको छ।
एसपी सुमित अग्रवालले भने, दुई समूहहरूबीचको बर्चस्वको लडाईमा मारिएका दुई उग्रवादीहरू मध्ये एकको पहिचान टीएसपीसीका उप-क्षेत्रीय कमाण्डर देवेन्द्र गन्झुको रूपमा गरिएको छ। उनको विरुद्ध चतरा, हजारीबाग, लातेहार र पलामुका धेरै पुलिस चौकीहरूमा ३० भन्दा बढी मुद्दा दर्ता छन्। अर्कोको पहिचान चुरामन गन्झुको रूपमा गरिएको छ। गम्भीर घाइते हुनेहरूमा श्याम भोक्ता र उनका साला गोपाल गन्झु रहेका छन्। प्रतापपुर सामुदायिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि दुवैलाई रिम्स रिफर गरियो। उनले भने, कुन्दा निवासी श्याम भोक्तामाथि पनि नक्सलवादी घटनामा संलग्न भएको आरोपमा धेरै मुद्दा दर्ता छन्।
पुलिस अधीक्षकका अनुसार, देवेन्द्र गन्झु र चुरामन आफ्ना केही साथीहरूसँग श्याम भोक्ताको घरमा पुगेका थिए। यस क्रममा दुई जनाबीचको विवादले गोली हानाहान भएको थियो। देवेन्द्र र चुरामनको घटनास्थलमै मृत्यु भयो भने श्याम भोक्ता र उनका साला गोपाल गम्भीर घाइते भए। लेवी बाँडफाँडको विवाद र बर्चस्वको लागि भएको झगडाको कारण यो घटना भएको बताइएको छ। पुलिसले यस विषयमा जॉंच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी