
कोलकाता, 31 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा वर्ष 2025- को समापन भीषण जाड़ोसितै भयो। बुधवार बिहान कोलकाताको न्यूनतम तापमान 11 डिग्री सेल्सिस दर्ता गरियो जसले यस सीजनको पछिल्लो सबै रेकर्डहरूलाई पछि पारेको छ। महानगरसँगसँगै सम्पूर्ण राज्य नै वर्तमानमा हाड़ काँप्ने जाड़ोको चपेटमा परेको छ।
उत्तरदेखि दक्षिण बंगालसम्म शीत लहरको प्रभाव देखिँदैछ। सन्दकफुको तापमान शून्यदेखि तल माइनल पाँच डिग्री सेल्सियससम्म पुगेको छ भने दार्जीलिङ तीन डिग्री सेल्सियसमा काँपिरहेको छ। दक्षिण बंगालको पुरुलिया र बाँकुड़ा जिल्लामा पनि पारा 7-8 डिग्री सेल्सियसबीच कायम रहेको छ। गत सोमवार अनि मगलवार कोलकाताको अधिकतम तापमान सामान्यभन्दा क्रमशः 7.5 और 6 डिग्री सेल्सियस तल रह्यो जसबाट दिउँसो पनि काँप्ने जोड़ो महसूस गरियो।
मौसम विभागले आज साँझ पश्चात राज्यका केही जिल्लाहरूमा घना कुहिरोको चेताउनी अर्थात यल्लो अलर्ट जारी गरेको छ। यसमा दार्जीलिङ, कुचबिहार, मालदा सहित दक्षिणको पूर्व मेदिनीपुर र दक्षिण 24 परगना जस्ता जिल्लाहरू सम्मिलित छन्। साथै चिसो पूर्वी हावाको प्रभावले अलिपुरद्वारमा आगामी 24 देखि 24 घण्टाभित्रमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ।
मौसम वैज्ञानिकहरू अनुसार उत्तर-पश्चिम भारतमा सक्रिय पश्चिमी विक्षोभको कारणले नयाँ वर्षको शुरूआतमा तापमानमा आंशिक वृद्धि हुनसक्छ तथापि राहत अल्पकालिक हुनेछ। आगामी 5 देखि 12 जनवरीको मध्यमा राज्यमा फेरि एकपटक कठ्याङ्ग्रिने जाड़ो फर्केर आउनेछ जसबाट केही जिल्लाहरूमा शील लहर (कोल्ड वेभ) चल्ने प्रबल सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा