
बाँकुड़ा, 31 दिसम्बर (हि.स.)। पश्चिम बंगालको बाँकुड़ा जिल्लास्थित विष्णुपुरको रेल फाटकमा सब वे निर्माणको दीर्घकालिक माग अन्ततः पूर्ण हुन गइरहेको छ। केन्द्र सरकारको परिवहन मन्त्रालयले यस परियोजनाको लागि 11 कड़ोर 75 हजार रुपियाँको धनराशि आवन्टन गरेको छ।
गए मंगलवार साँझ यो समाचार प्राप्त हुनसाथ 20 वटा गाउँका मानिसहरू प्रसन्न भए अनि बुधवार बिहान विधायक र आन्दोलनमा सामेल मानिसहरूले ब्रिज मुनि पुगेर एका-अर्कालाई मिठाउ खुवाएर आफ्नो सन्तोष प्रकट गरे। ओभरब्रीज आरम्भ भएपछि रेल द्वारलाई बन्द गरिएको थियो। त्यसैले कुसुम्बनी, द्वादशबाड़ी, काँटाबाड़ी औ यमुनाबन्ध बस्ती सहित लगभग 20वटा गाउँका मानिसहरूलाई विष्णुपुर नगरमा पुग्नको लागि घुमाउरो बाटो भएर पुग्नु पर्थ्यो। यस कठिनाईको निवारणको लागि स्थानीयहरूले लामो समयसम्म संघर्ष गरेका थिए।
स्थानीय सांसद सौमित्र खाँले भने, रेल मन्त्रालयसित निरन्तर सम्पर्क गरेपछि केन्द्रिय परिवहन विभागबाट यो राशि स्वीकृत गरिएको छ। उनले भने, राज्य सरकारद्वारा भूमि हस्तान्तरणको निम्ति अनुमति पत्र प्राप्त भएपछि अब सबले निर्माणको मार्ग प्रशस्त भएको छ।
विष्णुपुरका विधायक तन्मय घोषले बुधवार बिहान यस पहललाई स्वागत गर्दै भने, लोकहितका कार्यहरूमा राजनीति हुनु हुँदैन। आशा छ, आगामी तीन महिनाभित्रमा निर्माण कार्यको अधिकांश भाग पूरा गरिनेछ अनि वित्तीय वर्ष 2026-27 सम्म यो सबवे पूर्ण रूपमा बनेर तयार हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा