गिताङ्गे चियाबारीमा भारतीय भागोप्रमोको सांगठनिक सभा सम्पन्न
Gitangey tea garden


खरसाङ, 31 दिसम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र गिताङ्गे बुथ कमिटीको संयुक्त आयोजनामा आज सांगठनिक सभा सम्पन्न भयो।‌ उक्त सभाको अध्यक्षता बीके विष्टले गरेका थिए।

सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, गिताङ्गेका पञ्चायत सदस्या जुना छेत्री, ट्रेड युनियनका सुमित छेत्री र मणिकुमार विश्वकर्मले सम्बोधन गरेका थिए।‌ सभामा गिताङ्गे बुथ कमिटीका सचिव उदय छेत्रीको निधनमा मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरियो। उनको निधनपछि रिक्त रहेको सचिवको पदमा साजन थापालाई चयन गरिएको छ।‌

त्यसरी नै सभापतिमा पुरण छेत्री, उप सभापतिमा बिजय छेत्री, मणिकुमार विश्वकर्मा, समीर बराईली चयन भएका छन्। सभामा वक्ताहरुले आगामी दिनमा गरिने पार्टीको सांगठनिक गतिविधिहरु अनि विभिन्न विषयहरुमा छलफल गरे।‌

सभाको निर्णय अनुसार, आगामी 4 जनवरीको दिन लोवर गिताङ्गे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा आयोजना गरिने र उक्त सभामा पार्टीको सांगठनिक गतिविधि र आगामी दिनहरुमा गरिने कार्यक्रमहरु विषयमा छलफल गरिने बताइएको छ। त्यसरी नै आगामी 11 जनवरीमा नारी शक्तिका कमिटी गठन गरिने छ। यसको लागि संयोजकहरु चयन गरिएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande