सालको अन्तिम दिन पहाडमा पर्यटकहरुको भीड, नयाँ साललाई स्वागत गर्न तयार
New year celebration


दार्जिलिङ, 31 दिसम्बर (हि.स.)। 2025 सालको अन्तिम दिन पहाडमा घुम्न आएका पर्यटकहरू र स्थानीयहरूले नयाँ वर्षलाई उत्साहका साथ स्वागत गर्न तयारी गरिरहेका छन्। नयाँ वर्षलाई‌ स्वागत गर्न तथा 2025 साललाई बिदाइ दिन दार्जिलिङ पहाडमा पर्यटकहरूको घुइँचो लागेको छ। मौसमले पनि निकै साथ दिइरहेको छ। पहाडको मनोरम दृश्यले पर्यटकजरुलाई मग्धमुग्न बनाइरहेको छ। वर्षको अन्तिम दिन आज दार्जिलिङ हिमालयन रेलवे टोय ट्रेन लगायत विभिन्न पर्यटकीय गन्तव्यहरुमा पर्यटकहरूको तांती देखियो।

अर्कोतर्फ, चाडपर्वको मौसममा दार्जिलिङको चौरस्तामा सुन्तला महोत्सव चलिरहेको छ र स्थानीयहरूसँगै पर्यटकहरूले त्यहाँको खाना र संगीतको आनन्द लिइरहेका छन्। कोलकाताकी एकजना पर्यटक प्रियंका भन्छिन्, “म हरेक वर्ष दार्जिलिङमा वर्षको अन्तिम समय बिताउन रुचाउँछु।हामी दार्जिलिङ र यहाँको वातावरणलाई माया गर्छौं र यो हाम्रो हृदयको धेरै नजिक छ। मौसम धेरै राम्रो छ र हामी पहाड देख्न सक्छौं। यो घर जस्तो लाग्छ।”

उनले अझ भनिन्, म दार्जिलिङ धेरै पटक आएको छु, तर पहिलो पटक मैले कञ्चनजङ्घा देख्ने अवसर पाए। मैले अन्तिम पटक भ्रमण गर्दा दृश्य स्पष्ट थिएन। आज राति हाम्रो कुनै विशेष योजना छैन, तर कार्यक्रम चलिरहेको मलमा रमाइलो गर्नेछौं हावडाका अर्का पर्यटक राजीव घोषले भने, जो आफ्नी पत्नी प्रियंकासँग यहाँ छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande