48 वर्षको कुशासनले बंगाललाई बर्बादीको सँघारमा पुऱ्यायोः शुभेन्दु अधिकारी
48 वर्षको कुशासनले बंगाललाई बर्बादीको सँघारमा पुऱ्यायोः शुभेन्दु अधिकारी


कोलकाता, 31 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा राजनीतिक द्वन्द्व शुरू भएको छ। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता औ विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बुधवार सोशल मीडिया प्लेटफर्म एक्स (पूर्वमा ट्विटर)-मा एउटा पोस्ट साझा गरी राज्यको वाम मोर्चा र तृणमूल कंग्रेस सरकारमाथि चर्को हमला गरे।

शुभेन्दु अधिकारीले आफ्नो पोस्टमा भने, बितेको 48 वर्षभित्रमा भएको लुट र कुशासनले पश्चिम बंगालका युवाहरूको भविष्यलाई बर्बाद बनाइदिएको छ। उनले दाबी गरे, वर्ष 1960-मा प्रतिव्यक्ति आयको मामिलामा पश्चिम बंगाल देशकै तेस्रो स्थानमा थियो, तर आज यो झरेर 24औं स्थानमा पुगेको छ। राज्यको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा 16 प्रतिशत तल झरेको छ।

भाजपा नेताले आरोप लगाए, राज्यबाट उद्योग पलायन भयो, कारखानाहरू बन्द भए, रोजगारको अवसर समाप्त भयो तथा युवाहरूको सपना चकनाचुर भयो। उनले वाम मोर्चा र तृणमूल कंग्रेसको ममता ब्यनर्जी सरकारलाई यस स्थितिको लागि जिम्मेवार ठहराए।

शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा भने, अब धेरै भइसकेको छ। अब समय आएको छ असली परिवर्तनको। उनले दाबी गरे, भाजपाले पश्चिम बंगाललाई फेरि एकपटक औद्योगिक विकास, रोजगार सृजन तथा समृद्धिको मार्गमा अग्रसर गराउनेछ। उनले यो समेत भने, भाजपा राज्यको पुरानो गौरवशाली पहिचानलाई पुनर्जीवित गर्नको लागि प्रतिबद्ध छ र आगामी समयमा बंगाललाई विकासको नयाँ मोडल प्रदान गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande