उदय हत्याकाण्डमा पुलिसको महत्वपूर्ण कारबाही, एक जना पक्राउ
उदय हत्याकाण्डमा पुलिसको महत्वपूर्ण कारबाही, एक जना पक्राउ


खड़गपुर, 31 दिसम्बर (हि. स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर शहरमा भएको सिभिक भोलन्टियर तुलसी राव उपनाम उदयको हत्या मामिलामा खड़गपुर टाउन पुलिसले ठूलो कारबाही गरेको छ। बुधवार बिहान पुलिसले जानकारी दिए अनुसार यस मामिलामा थप एक जना आरोपी सोनु सोनकरलाई पक्राउ गरिएको छ। यसपूर्व दुई जना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ। यो पक्राउपछि जाँचलाई अझ तीव्रता दिइएको छ।

पुलिस सूत्र अनुसार घटनापछि आरोपी सोनु सोनकरले अन्य राज्यमा भाग्ने चेष्टा गरिरेहको थियो। गुप्त सूचनाको आधारमा पुलिसले उसलाई समात्यो। आरोपीलाई आज अदालतमा पेश गरियो। पुलिसले यो पत्तो लगाइरहेको छ कि यस घटनामा को-को सामेल थिए।

उल्लेखनीय छ, गत 15 दिसम्बरको अबेर राति खड़गपुर रेलवे स्टेशन नजिक भएको विवादपछि उदयमाथि ज्यानमारा हमला गरिएको थियो। गम्भीर रूपमा घाइते उदयलाई पहिला खड़गपुर महकुमा अस्पताल र पछि उड़िसा रेफर गरिएको थियो जहाँ लगभग 12 दिनसम्म उपचार भएपछि मृत्यु भएको छ।

घटनाको सीसीटीभी फुटेज सामु आएपछि शहरमा आक्रोश फैलिएको छ। मानिसहरूले दोषीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरिरहेका छन्।

पुलिसको भनाइ छ, मामिलाको जाँच जारी छ र सबै दोषीहरू विरूद्ध कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande