जीटीएको मुख्य सचिवलाई एडवाडर्सले लेखे पत्र
जीटीएको मुख्य सचिवलाई एडवाडर्सले लेखे पत्र


दार्जिलिङ, 31 दिसम्बर (हि.स.)।क्षेत्रीय सरकार साथै प्रशासनको उदासीनताको कारणले दार्जिलिङको पयर्टन अर्थतन्त्रमा दिन प्रतिदिन गम्भीर प्रभाव पर्दै गइरहेको इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रिय संयोजक तथा निर्वाचित सभासद अजय एडवाडर्सले बताउँदै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य सचिवलाई लेखेको पत्र लेखेका छन्। दार्जिलिङ पहाडको वर्तमान स्थिति र गाडी चालकहरूले भोग्नु परिरहेको विभिन्न समस्याहरूमाथि ध्यानाकर्षण गर्दै आईजीजेएफ संयोजक तथा निर्वाचित सभासद अजय एडवाडर्सले जीटीएको मुख्य सचिवलाई आज पत्रचार गरेका छन्

पत्रको प्रतिलिपि जिल्लापाल, पुलिस अधीक्षक, जीटीएको पयर्टन विभागीय अधिकारी, जीटीए चिफ समक्ष पठाएका छन्। सभासद एडवाडर्सले आफ्नो पत्रमा जीटीए तथा प्रशासनको उदासिनताको कारणले गर्दा दार्जिलिङको पयर्टन अर्थतन्त्रमा दिन प्रतिदिन प्रभाव पर्दै आइरहेको, जसले गर्दा पर्यटन उद्योगमाथि निर्भर रहेका स्थानीय स्वरोजगार युवाहरूलाई गम्भीर प्रभाव परिरहेको बताएका छन्।

दार्जिलिङको प्रसिद्व पयर्टन स्थल टाइगर हिलको प्रवेशमा जीटीए तथा प्रशासनले टोकन साथै शुल्क लगाएको छ। सञ्चालनमा आइरहेको म्यानुअल टाइगर हिल टोकन प्रणालीदेखि स्थानीय गाडी चालकहरूलाई बाहिर राख्ने साथै बाहिरबाट आउने गाडीहरूलाई टाइगर हिलको प्रवेशमा रोक लगाउने सभासद एडवाडर्सले आफ्नो पत्रमा माग गरेका छन्।

उनले दार्जिलिङका कतिपय पयर्टन स्थलहरूको बाटो सांघुरो रहेकाले बाहिरबाट आएका गाडी चालकहरूलाई यी विषयहरूमा उचित ज्ञान नभएको हुनाले दुर्घटना, ट्राफिक जाम आदि जस्ता समस्याहरू उत्पन्न हुने गरेको पत्रमा उलेख गरेका छन्। टाइगर हिल दार्जिलिङको प्रसिद्व पयर्टन स्थलहरूमध्ये एउटा हो। विभागले प्रत्येक पयर्टकहरूबाट 20 रूपियाँ प्रवेश शुल्क लिने गर्छ, तर विगत 10 वर्षदेखि निर्माणाधीनमा रहेको ग्यालरी आजसम्म पूरा हुन सकेको छैन, जसले गर्दा पयर्टकहरूले जोखिम उठाउँदै टाइगर हिलबाट सुर्योदयको दृश्य हेर्न बाध्य छन्।टाइगर हिलमा सर सफाईको व्यवस्था छैन, जताततै फोहोरहरूको थुप्रो देखिन्छ। यसबारे जीटीए तथा प्रशासनले उचित कदम उठाउन जरूरी छ साथै प्रवेश शुल्क उठाउने कार्य बन्द गरिनु पर्छ भन्ने माग सभासद एडवाडर्सले आफ्नो पत्रमा उलेख गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande