बंगालमा कुनै पनि महिला सुरक्षित छैनः शुभेन्दु अधिकारी
बंगालमा कुनै पनि महिला सुरक्षित छैनः शुभेन्दु अधिकारी


कोलकाता, 31 दिसम्बर (हि. स.)। पश्चिम बंगालमा महिलाहरूको सुरक्षालाई लिएऱ फेरि एक पटक राजनीतिक घमासान चर्किएको छ। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता औ राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बुधवार सोशल मीडिया प्लेटफर्म एक्स (पूर्वमा ट्विटर)-मा एउटा भीडियो साझा गर्दै ममता ब्यानर्जी सरकारमाथि गम्भीर आरोप लगाए।

शुभेन्दु अधिकारीले आफ्नो पोस्टमा दाबी गरे, दक्षिण 24 परगना जिल्लाको क्यानिंग महकुमामा बासन्ती ब्लकको उत्तर भांगनमारी गाउँबाट बाहिरिएको दृश्य अत्यन्त चिन्ताजनक छ। उनले आरोप लगाए, सिकायतकर्ता अनुसार जलिल लस्कर, मुन्ना लस्कर, आरिफ लस्कर सहित अन्य केही मानिसहरूले एक जना महिला र उसको परिवारका सदस्यहरूमाथि निर्दयता पूर्वक कुटपिट गरे। अधिकारीको भनाइ छ, यो सम्पूर्ण घटना दिउँसै भएको हो र भीडियोमा कुटपिट गरेको दृश्य स्पष्ट रूपमा देख्न सकिन्छ।

भाजपा नेताले प्रश्न उठाउँदै भने, विवाद जे नै भए पनि महिलाहरूलाई बाँस र लौरोले कुट्नु गम्भीर अपराध हो। यस कुराले अचम्भित पार्छ कि आरोपीलाई कानूनको कुनै डर भए जस्तो देखिएको छैन। उनले आरोप लगाए, हमलाकारीहरू कुनै प्रकारको सजाय पाउँदैन भन्ने कुरामा ढुक्क भए जस्तो देखिन्छ। किनभने उनीहरूको सत्तासिन दलसित सम्बन्ध छ।

शुभेन्दु अधिकारीले आफ्नो बयानमा भने, पश्चिम बंगालमा कुनै पनि महिला सुरक्षित छैन। उनले राज्य सरकारलाई “महिला विरोधी सरकार”-को संज्ञा दिँदै महिलाहरूको सुरक्षाको लागि यस सरकारलाई सत्ताच्युत पार्न आवश्यक रहेको बताए। भाजपा नेताले यस मामिलामा राष्ट्रिय आयोगसित हस्तक्षेप गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande