
पलामू, 8 दिसम्बर (हि.स.)। बालकको उपचार गर्ने बहानामा पलामूको छतरपुरमा महिलासित दुष्कर्म गरेको मामिला प्रकाशमा आएको छ। यस सम्बन्धमा मामिला दर्ता भएपछि पुलिसले कारबाही गर्दै क्लीनिक संचाकलाई पक्राउ गरी सोमवार जेल चालान गरियो। जिल्लाका एसपी रिष्मा रमेशनले सोमवार घटनाको पुष्टि गरे।
घटना छतरपुर थाना क्षेत्र अन्तर्गत ग्राम हुटुकदाग गाउँमा भएको हो। पति लगातार बाहिर रहेको कारणले महिला आफ्नो ससुराली नौडीहा बजार थाना क्षेत्रमा बस्दै आएकी थिई। उसको छोरा बिमार भएको थियो जसलाई उपचार गराउनको लागि हुटुकदागस्थित सञज्य कुमारको क्लिनिकमा लगिएको थियो। सञ्जय कुमारले बालकलाई चिसो लागेको बताउँदै बाफ दिने बहानाा महिलालाई क्लिनिकसितै गाँसिएको घरमा लिएर गयो जहाँ उसित दुष्कर्म गऱ्यो। पीड़िताले बताई, दुष्कर्म गरेपछि क्लिनिक संचालक सञ्जय कुमारले धम्की दियो। तथापि पीड़िताले छतरपुर थानामा सिकायत दर्ता गरी। पुलिसले तत्काल कारबाही गर्दै आरोपी नौडीह बजारको रबदा निवासी सञ्जय कुमारलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा