ओडिशाका 6 वटा सरकारी निगम वित्तीय संकटमाः मन्त्री
ओडिशाका 6 वटा सरकारी निगम वित्तीय संकटमाः मन्त्री


भुवनेश्वर, 09 दिसम्बर (हि.स.)। आवास एवं शहरी विकास तथा सार्वजनिक उपक्रम मन्त्री डा. कृष्ण चन्द्र महापात्रले राज्य विधानसभामा बताए, ओडिशाका छः वटा सरकारी निगमहरूले वर्तमानमा वित्तीय संकट तथा संचालन सम्बन्धि चुनौतीहरूको सामना गरिरहेका छन्।

सांसद ताराप्रसाद बहिनिपाटीद्वारा उठाइएको प्रश्नको उत्तरमा मंगलवार मन्त्रीले भने, ग्रिड को लिमिटेड, कलिंगा स्टूडियोज लिमिटेड, ओडिशा स्टेट फाइनेन्शियल कर्पोरेशन, ओडिशा रूरल हाउसिंग एण्ड डेभलपमेन्ट कर्पोरेशन लिमिटेड, ओडिशा स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशन लिमिटेड औ ओडिशा पिसीकल्चर डेभलपमेन्ट कर्पोरेशन लिमिटेडले वित्तीय कठिनाई औ संचालन सम्बन्धि समस्याहरूको सामना गरिरहेको छ।

मन्त्रीले भने, यी उपक्रमहरूमध्ये केही परिसमापनको प्रक्रियामा छ भने अन्यलाई आफ्नो संचालन क्षमतालाई कायम राख्न तथा वित्तीय स्थिरता सुनिश्चित गर्नको लागि रणनीतिक हस्तक्षेपको आवश्यकता छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande