मेडिकल इन्श्योरेन्स रिफण्डको नाममा ठगी गर्ने गिरोह समातियो, चारजना आरोपी पक्राउ
मेडिकल इन्श्योरेन्स रिफण्डको नाममा ठगी गर्ने गिरोह समातियो, चारजना आरोपी पक्राउ


नयाँ दिल्ली, 09 दिसम्बर (हि.स.)। दक्षिण-पश्चिम जिल्लाको साइबर थाना पुलिसले एउटा यस्तो ठग गिरोहको भण्डाफोर गरेको छ जसले मानिसहरूलाई मेडिकल इन्श्योरेन्सको पैसा फिर्ता दिलाउने नाममा धोका दिँदै आएको थियो। पुलिसले यस सम्बन्धमा गिरोहका चारजना सदस्यहरूलाई पक्राउ गरेको छ। पुलिसले आरोपीहरूको कब्जाबाट चार वटा मोबाइल फोन र एउटा डेबिट कार्ड पनि जफ गरेको छ जसको प्रयोग ठगीको रकम निकाल्नको लागि गरिन्थ्यो।

दक्षिण-पश्चिम जिल्लाका पुलिस उपायुक्त अमित गोयलले मंगलवार बताए, सिकायतकर्ता केपी तोमरले पुलिसलाई बताए, उनले वर्ष 2024-मा चार वटा हेल्थ इन्श्योरेन्स पोलिसी लिएका थिए। तर बिमार भएको कारणले प्रीमिर भर्न सकेनन्। तीन वटा पोलिसीको पैसा पाए, र एउटाको रिफण्ड अड़्कियो। 5 जुलाई, 2025-मा उनलाई फोन आयो। कल गर्नेले आफूलाई इन्श्योरेन्स ओम्बड्सम्यान अधिकारी बताउँदै भन्यो, रिफण्ड फाइल बनाउनको लागि केही पैसा जमा गर्नुपर्छ। पीड़ितले बताइएको खातामा 83,000 र 47,000 रुपियाँ जमा गरिदिए। पछि उनीसित 12 लाख रुपियाँको नक्कली आरबीआई बण्ड बनाउनको लागि भनियो। तब उनले आफू ठगीको शिकार भएको कुरा स्पष्ट बुझे।सिकायतकर्ताको बयाना पुलिसले मुद्दा दर्ता गऱ्यो।

पुलिस उपायुक्त अनुसार मामिलालाई गम्भीर रूपमा लिएर इन्स्पेक्टर प्रवेश कौशिकको टीमले पैसाको बाटो (मनी-ट्रेल) र मोबाइल नम्बरको जाँच गऱ्यो। जाँचमा थाहा लाग्यो ठगीको पैसा पहिला सिमरन र मनप्रीत कौरको खातामा पुग्यो, त्यसपछि देवेन्द्र कुमारको खातामा पुग्यो। पुलिसले छापा मारेर सबैभन्दा पहिला देवेन्द्रलाई समात्यो। उसले बतायो, उसकी पत्नी सिमरन र साली मनप्रीतको खाता प्रयोग गरी पैसा मगाइएको थियो। देवेन्द्रले बताए अनुरूप पुलिसले अरूणलाई पनि समात्यो। उसले स्वीकार गऱ्यो, उसले आईआरडीएआई अधिकारी भएर मानिसहरूलाई कल गर्थ्यो अनि उनीहरूबाट पैैसा लिन्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande