सिलचरमा पेस्तोल र कारतूससितै युवक पक्राउ
सिलचरमा पेस्तोल र कारतूससितै युवक पक्राउ


कछार (असम), 09 दिसम्बर (हि.स.)। असमको सिलचर सदर पुलिसले विशेष अभियान संचालन गर्दै गए सोमवार राति गोलदिघी क्षेत्रबाट एक जना युवकलाई हतियारसितै पक्राउ गऱ्यो। पुलिस टीमले गुप्त सूचनाको आधारमा यो कारबाही गरेको हो। कारबाही अवधि पुलिसले एउटा 7.62 एमएम पेस्तोल र चार राउण्ड कारतूस जफत गऱ्यो। पक्रा पर्ने युवकको पहिचान बरखोला निवासी जमिर अहमदको रूपमा भएको छ। पुलिसले मामिला दर्ता गरी हतियारको उत्पति तथा सम्भावित आपराधिक कनेक्शनको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande