मुख्यमन्त्री रेखा गुप्ताले भलस्वा र जहाँगीरपुरीमा ईडब्ल्यूएस फ्ल्याट्सको गरिन निरीक्षण
मुख्यमन्त्री रेखा गुप्ताले भलस्वा र जहाँगीरपुरीमा ईडब्ल्यूएस फ्ल्याट्सको गरिन निरीक्षण


नयाँ दिल्ली, 9 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार भलस्वा र जहाँगीरपुरीस्थित आर्थिक रूपमा कमजोर वर्ग (ईडब्ल्यूएस)- को फ्ल्याटहरूको निरीक्षण गरिन्। उनले भनिन्, पछिल्लो सरकारहरूको शासनकालमा यी फ्ल्याट्सलाई लिएर वाचा मात्र गरियो, तर गरीब परिवारहरूको लागि वास्तविक काम भएन। मुख्यमन्त्रीले बताइन्, भलस्वाको यो फ्ल्याट वर्ष 2016-मा निर्माण भइसकेको थियो, तर पछिल्लो केही वर्षसम्म यसलाई कुनै पनि परिवारमा आवन्टन गरिएन। वर्ष 2016-देखि वर्तमान 2025-मा आइपुग्दा यो फ्ल्याट जर्जर अवस्थामा पुगेको छ, तर पछिल्लो सरकारहरूले एउटै पनि घर गरीब परिवारलाई दिएनन्। अबको दिल्ली सरकारको लक्ष्य हो, झोपड़ीहरूमा बस्ने सबै गरीब परिवारहरूलाई पक्का घर उपलब्ध गराउने। उनले निरीक्षण अवधि फ्ल्याट परिसरलाई आधुनिक सुविधाद्वारा लैस बनाउने निर्देश दिइन्।

मुख्यमन्त्रीले बताइन्, यस क्षेत्रा पार्किंंग, मार्केट, ई-रिक्शा चार्जिंग स्टेशन, आयुष्मान आरोग्य मन्दिर, प्राथमिक विद्यालय, आँगनवाड़ी तथा बाल-बालिका अनि बुजुर्गहरूको लागि अलग-अलग सुविधाहरू विकसित गरिनेछ। सरकारको योजना यी पुरानो तथा जर्जर फ्ल्याट्सलाई मोडल बस्तीको रूपमा विकसित गर्नु हो। मुख्यमन्त्रीले स्पष्ट पारिन्, सरकारले चाँड़ै फ्ल्याटहरूको पुनर्विकास तथा आवन्टन प्रक्रियालाई तीव्रता दिनेछ ताकि झोपड़ीमा बस्ने परिवारहरूलाई सुरक्षित अनि सम्मानजनक आवास उपलब्ध गराउन सकियोस्। निरीक्षण अवधि उनीसित क्याबिनेट मन्त्री आशिष सूद, विधायक दीपक चौधरी औ सम्बन्धित विभागहरूका वरिष्ठ अधिकारीगण उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande