
-ईसीएलमा श्रमिकहरूको वेतन भुक्तानमा ढिल्याईको कारण बारम्बार आन्दोलन भइरहेको छ
आसनसोल, 09 दिसम्बर (हि. स.)। ईस्टर्न कोलफील्ड्स लिमिटेड (ईसीएल)- कार्मचारीहरूलाई पछिल्लो महिनादेखि समयमा वेतन प्राप्त भइरहेको छैन। वेतन भुक्तानमा भइरहेको ढिल्याई तथा लेबर कोड लागू गर्ने मुद्दालाई लिएर मंगलवार बिहान ईसीएलको कुनुस्तोरिया क्षेत्रमा जोइन्ट एक्शन कमिटीले व्यापक विरोध प्रदर्शन गऱ्यो।
कुनुस्तोरिया, बाँसरा र नर्थ सियारसोल ओसीपी—यी तीन स्थानहरूमा विभिन्न श्रमिक संगठनहरूका सदस्यहरू एकजुट भएर आन्दोलनमा सामेल भए। प्रदर्शन अवधि श्रमिकहरूले कोल इण्डिा प्रबन्धन तथा केन्द्र सरकारको विरोधमा नाराबाजी गरे। साथै चेाउनी दिए, चाँड़ै वेतन भुक्तान सामान्य नभए आगामी दिनमा व्यापक आन्दोलन शुरू गरिनेछ।
श्रमिक नेताहरूको भनाइ छ, ज्यानलाई जोखिमा राखेर काम गर्ने श्रमिकहरूले समयमा पारिश्रमिक नपाउनु अत्यन्त दुर्भाग्यपूर्ण हो। यसको प्रभाव हजारौं श्रमिक परिवारहरूमाथि परिरहेको छ जो आर्थिक रूपमा संकटसित जुझिरहेका छन्। उनीहरूको मागलाई अदेखा गरियो भने ठूलो आन्दोलन शुरू हुनेछ।
जोइन्ट एक्शन कमिटीको पक्षबाट बताइयो, आगामी दिनमा चरणबद्ध ढंगमा धरना प्रदर्शन तथा कार्य बहिष्कार जस्तो कार्यक्रम आयोजना गरिनेछ। ईसीएल प्रबन्धनसित चाँड़ै हस्तक्षेप गरी समस्या समाधान गर्ने अपील गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा