
सिलगढ़ी, 09 दिसम्बर (हि.स.)। दार्जीलिङ जिल्ला पुलिसको नशा विरूद्ध जीरो टलरेन्स अभियान जारी छ। सोही क्रममा सोमवार अबेर राति गुप्त सूचनाको आधारमा खोरीबाड़ी थानाको पुलिसले पानीट्याङ्कीको गण्डोगोल क्षेत्रको एक घरमा छापा मारेर प्रचुर मात्रामा ब्राउन शुगर जफत गरेको छ। छापा मार्ने क्रममा एक महिला लागूऔषध तस्करलाई पक्राउ गरिएको छ। पक्रा परेकी महिलाको नाम सादिका खातुन हो।
उसको घरको शौचालयको सब-ट्याङ्कीबाट तीन प्याकेटमा कूल 306 ग्राम ब्राउन शुगर जफत गरिएको छ। पुलिस अनुसार, पक्रा परेकी महिला लामो समयदेखि लागूऔषध ओसारपसार व्यवसायमा संलग्न थिइन्। महिलालाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरिएको छ। पुलिसले अब उसित सम्बन्धित अन्य लागूऔषध तस्करहरूको खोजी गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी