खड़गपुरको गेट बजारमा फेरि चोरी, व्यवसायीहरूमा आक्रोश
खड़गपुरको गेट बजारमा फेरि चोरी, व्यवसायीहरूमा आक्रोश


खड़गपुर, 9 दिसम्बर (हि.स.)। गेट बज़ारमा मंगलवार सवेरै फेरि चोरीको ठूलो घटना घट्यो। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। लक्ष्मी कोल्ड्रिंक्स नामक दोकानका मालिक सन्तोष साहु बिहान दोकानको शटर खोलेर भित्र पस्दा यत्रतत्र सामानहरू छरिएको देखेर स्तब्ध भए। टीन भत्काएर भित्र पसेका चोरहरूले नगदको पेटीबाट 80 हजार रुपियाँ सहित कोही मूल्यवान सामानहरू चोरेर भागेका थिए।

घटना बारे जानकारी पाउनसाथ स्थानीय मानिसहरू अनि व्यापारी समुदायमा आक्रोश फैलियो। ठूलो संख्यामा मानिसहरू भेला भए। दोकान मालिकले बताए, दोकानमा सीसीटीभी क्यामरा जड़ान गरिएको थियो, तर फुटेजमा केही पनि देखिएको छैन। जाँच गर्दा थाहा लाग्यो, चोरहरूले सीसीटीभीको तार काटिदिएका थिए जसबाट स्पष्ट हुन्छ कि चोरहरूले पूर्ण योजना र तयारीको साथमा घटनालाई परिणाम दिएका हुन्।

स्मरण गराइन्छ, केही दिनपूर्व पनि गेट बजार क्षेत्रमा यसरी नै चोरीको घटना भएको थियो। लगातार बढ़िरहेको यस्ता घटनाहरूबाट व्यापारीहरू भयभित भएका छन्। स्थानीय मानिसहरूको भनाइ छ, खड़गपुर टाउन थाना गेट बजारदेखि मात्र सय मीटरको दूरत्वमा अवस्थित रहे पनि अपराधीहरूको मनोबल डगमगाएको छैन जसले पुलिस गस्ती र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठिरहेको छ।

सूचना पाउनसाथ खड़गपुर टाउन थाना पुलिसले घटनास्थलमा पुगेर स्थितिको निरीक्षण गऱ्यो। पुलिसले वरपर क्षेत्रको सीसीटीभी फुटेजको पनि जाँच गरिरहेको छ।

स्थानीय व्यापारीहरूले चेताउनी दिएका छन्, यदि सुरक्षा व्यवस्थामा चाँड़ै सुधार गरिएन भने बजारमा व्यापार गर्नै गाह्रो हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande