
सिलगढ़ी, 9 दिसम्बर (हि.स)। गोवाको एक नाइट क्लबमा गत आइतवार भएको सिलेण्डर विस्फोटमा सिलगढ़ीको बागडोगरा निवासी सुभाष छेत्री (24)-को पीड़ादायी मृत्यु भएको थियो। मंगलवार गोवादेखि उनको पार्थिव शरीरलाई बागडोगरा एयरपोर्ट अनि त्यहाँबाट एम्बुलेन्सको माध्यमबाट घरमा पुऱ्याइयो। यस घटनाको कारण सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।
उल्लेखनीय छ, वर्ष 2023- मा आर्थिक संकटको कारणले सुभाष गोवा गएका थिए जहाँ तिनले नाइट क्लबमा शेफको रूपमा काम गरिरहेका थिए। यस भीषण दुर्घटनामा 25 जना मानिसहरूको मृत्यु भएको थियो जसमा बागडोगराको बानुरछाट क्षेत्र निवासी सुभाष पनि सामेल थिए।
मंगलवार बागडोगरा एयरपोर्टदेखि सुभाषको पार्थिव शरीर घरमा पुग्दा माहोल कोलाहलपूर्ण भएको थियो। सुभाषकी आमा टंक माया छेत्रीको रोएर बेहाल भएको छ। पूर्व विधायक छोटन किस्कू, सिलगढ़ी महकुमा परिषदका सहायक सभाधिपति रोमा रेशमी एक्का समेत केही मानिसहरूले पुगेर सुभाषलाई श्रद्धाञ्जली अर्पण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा