
उत्तर प्रदेश, 09 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको जालौन जिल्लाको कोञ्च कोतवाली क्षेत्रमा एउटा सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। एक पतिले पहिले आफ्नी पत्नीसित कुटपिट गऱ्यो र जब पत्नीले पति विरुद्ध मुद्दा दायर गरिन्, पतिले पत्नीलाई मुद्दा फिर्ता लिन आग्रह गऱ्यो तर त्यसपछि घर लगेर पत्नीसित कुटपिट गऱ्यो। पतिले पत्नीलाई कामको बहानामा मुम्बई लगेर अर्कै पुरुषलाई बेच्ने प्रयास गरेको पनि आरोप छ। पीड़िताले मंगलवार पुलिसलाई उजुरी दिएर कारबाहीको माग गरेकी छिन्।
कोञ्च कोतवाली क्षेत्रको कांशीराम कोलोनी निवासी महकबानोले मंगलवार पुलिसलाई दिएको उजुरीमा बताइन्, उसको बिहे चार वर्ष अगाड़ी नगरको अराजीलाइन क्षेत्रमा भएको थियो तर एक वर्ष अगाड़ी पतिले उलाई बेसरी कुट्यो। जसपछि पीड़िताले पति विरूद्ध मुद्दा दायर गरिन्। यद्यपि, उसका पतिले उलाई कुरामा अल्छाएर हात जोड़ी माफी माग्यो र सम्झौता गर्न राजी गरायो। यसपछि पीड़िताको पतिले उलाई दुई महिनासम्म आफूसँगै राख्यो र त्यसपछि मुम्बई लगेर गयो, जहाँ पीड़ितासित कुटपिट गर्दै अर्कै पुरुषलाई बेच्ने प्रयास गऱ्यो। महिलाले आफ्नो पति विरुद्ध पुलिसमा उजुरी दर्ता गराएकी छिन् र कारबाहीको माग गरेकी छिन्।
प्रभारी निरीक्षक अजित कुमार सिंहले शिकायती पत्रको संज्ञान लिँदै मामिलाको जाँच जारी रहेको बताए। अनुसन्धानपछि थप कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी