
कोलकाता, 09 दिसम्बर (हि. स.)। शहरको प्रमुख साहित्यिक आयोजन एपीजे कोलकाता साहित्य महोत्सव आगामी वर्षको 9 जनवरीदेखि शुरू भएर 11 जनवरीमा समापन हुनेछ। आयोजकहरूले गए सोमवार राति एक बयानमा बताएका छन्, यस तीन दिवसीय महोत्सवले साहित्य, सिनेमा, संगीत, इतिहास, राजनीति, भोजन, संस्कृति औ समकालीन सामाजिक मुद्दाहरूमा सम्वादको व्यापक मञ्च पेश गर्नेछ।
यसपालिको कार्यक्रममा देश-विदेशका केही चर्चित लेखक, चिन्तक, कलाकार औ सार्वजनिक हस्तियहरू सामेल हुनेछन्। अक्षय जैतली, आनन्द नीलकण्ठन, अनिता अग्निहोत्री, अपर्णा सेन, बाची कर्करिया, बृन्दा करात, शशि थरूर, हेल्मुट बोटिगर, दुर्जय दत्ता, जैरी पिन्टो, रत्नाबोली रे, रुचिर जोशी, शोभा डे, उषा उथुप औ विजेन्दर चौहान जस्ता केही नामहरूले विभिन्न सत्रहरूमा भाग लिनेछन्।
महोत्सवको आयोजन शहरका तीन प्रमुख स्थलहरू क्रमैले अलिपुर म्यूजियम, अक्सफोर्ड बुकस्टोर औ द पार्क, कोलकातामा हुनेछ। एकेएलएफकी निदेशक अञ्जुम कटियालले बताइन्, वर्ष 2026 संस्करणमा जेण्डर, इतिहास तथा अनुवाद जस्ता मुद्दाहरूा विशेष फोकस रहनेछ जुन वर्तमान सामाजिक चर्चाको केन्द्रमा छन्। यसको साथै अक्सफोर्ड बुकस्टोरमा अक्सफोर्ड जूनियर लिटरेरी फेस्टिभलको पनि आयोजन हुनेछ जसमा बाल-बालिका तथा युवा पाठकहरूको लागि ‘मीट द अथर’ सत्र, रचनात्मक कार्यशालाहरू, वर्ड गेम्स औ स्टोरीटेलिंगको विशेष कार्यक्रम राखिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा