
पश्चिम मेदिनीपुर, 09 दिसम्बर (हि.स.)। मेदिनीपुर शहरस्थित विद्यासागर विद्या पीठ बालक विभागमा मंगलवार साँझ अचानक आगो लागेको कारणले स्कूल परिसरमा कोकोहोलो मचियो। विद्यालय परिसरभित्र रहेको मल्टी-जिम कक्षबाट अचानक धुँवा निक्लिन थाल्यो जसलाई देखेर त्यहाँ उपस्थित छात्रहरू डराए। त्यसबेला स्कूलको छुट्टी भइसकेको थियो, तर केही छात्रहरू परिसरमा उपस्थित थिए जसकारम स्थिति तनाउपूर्ण भयो। यस घटनामा कोही पनि घाइते भएको सूचना प्राप्त भएको छैन।
धुँवा निक्लिरहेको देखेर स्थानीय मानिसहरू तत्कालै घटनास्थलमा पुगे अनि आगलागीको सूचना दमकल विभागलाई दिए। मानिसहरूले तत्परता देखाउँदै जिममा राखिएका सामानहरूलाई बाहिर निकाल्न शुरू गरे। सूचना पाेर दमकल विभागको एउटा वाहन तत्कालै घटनास्थलमा पुगेर आगो निभाउनमा जुट्यो। प्रारम्भिक जाँचमा आगलागीको कारण शर्ट सर्किट मानिँदैछ।
यसबीच पुलिस पनि घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रित गऱ्यो। वरपर भीड़ थुप्रिन नदिनको लागि पुलिसकर्मीहरूले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर मानिसहरूलाई सुरक्षित दूरीमा बस्ने निर्देश दियो। प्रशासनले घटनाको कारण पत्तो लगाउन विस्तृत जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा