
आसनसोल, 09 दिसम्बर (हि.स.)। आसनसोलमा नेशनल हाईवे-19 स्थित घाघर बूडी मन्दिर निकट मंगलवार अपरान्ह एक भयानक दुर्घटना भयो। एउटा स्विफ्ट डिजायर कार र एउटा ट्रक आपस्तमा ठोक्कियो। ठक्कर भयानक थियो। कारलाई घिसार्दै ट्रक लगभग 200 मीटरसम्म गुड़्यो। यस दुर्घटनामा कार सवार तीनजना मानिसहरू गम्भीर रूपमा घाइते भए।
सूत्र अनुसार यो घटना त्यसबेला भयो जतिबेला माँ घाघर बूड़ी मन्दिर नजिकै अवस्थित एउटा कारको शोरूमबाट एउटा स्विफ्ट डियाजर कारलाई सड़कमा निकालिँदैथ्यो। यसै अवधि आसनसोलदेखि कोलकाता तर्फ द्रूत गतिमा गइरहेको एउटा ट्रकले कारलाई ठक्कर दियो। दुर्घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। स्थानीय मानिसहरू तत्कालै घटनास्थलमा एकत्र भए। कार सवार तीनैजना यात्रीहरूलाई गम्भीर चोट लागेको छ जसमध्ये चालकको टाउको फुटेको बताइन्छ। हतार-हतार सबैलाई उपचारको निम्ति अस्पतालमा लगियो।
घटनाको सूचना पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसले स्थितिलाई सम्हाल्यो। दुर्घटनापछि चालक घटनास्थलबाट भाग्यो। पुलिसले दुर्घटनाग्रस्त वाहनलाई हटाएर अग्रिम कारबाही शुरू गरेको छ साथै भगौड़ा चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा