
श्रीनगर, 09 दिसम्बर (हि.स.)। नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआईए) को एक टोलीले दिल्लीमा लाल किला नजिक गत 10 नोभेम्बरमा भएको बम विस्फोटको जांच अन्तर्गत मंगलबार जम्मू–कश्मीरको अनन्तनाग जिल्लाको जङ्गल क्षेत्रमा खोजी अभियान चलाएको छ।अधिकारिहरूका अनुसार, एनआईएका अधिकारीहरूले पुलिस र सीआरपीएफको सहायतामा “वाईट कलर” टेरर मोड्युल सम्बन्धी केसमा पक्राउ परेका दुई आरोपीहरू डा. अदिल राथर र जसीर बिलाल वानीलाई पनि साथमा लगेका थिए। दुवै आरोपुहरूले जांच टोलीलाई दक्षिण कश्मीरको मट्टन जङ्गल क्षेत्रभित्र केही ठेगानाहरूबारे जानकारी दिएका थिए।यस सम्बन्धमा थप विस्तृत विवरणको प्रतीक्षा छ।
हिन्दुस्थान समाचार / भवानी थामी