राष्ट्रिय हस्तशिल्प सप्ताह ग्रामीण अर्थव्यवस्थाको उत्सव- मार्गेरिटा
पाबित्र


नयाँ दिल्ली, 09 दिसम्बर (हि.स.)। केन्द्रिय कपड़ा राज्यमन्त्री पबित्र मार्गेरिटाले मंगलवार 'राष्ट्रिय हस्तशिल्प सप्ताह' को अवसरमा हस्तशिल्प कारीगरहरूलाई रचनात्मक, धैर्य र कलात्मक विरासतको प्रतीक बताए। उनले भऩे, यो भारतको सम्पदा र ग्रामीण अर्थतन्त्रको उत्सव हो।

मार्गेरिटाले एक्स पोस्टमा लेखेका छन्, सात दिने महोत्सव (08-14 दिसम्बर) देशभरिका ती कुशल शिल्पकारहरूलाई सम्मान व्यक्त गर्ने एउटा महत्त्वपूर्ण अवसर हो, जसले आफ्नो कला र सीप मार्फत भारतको शताब्दी पुरानो शिल्प परम्परालाई जीवित मात्र राख्दैनन् तर समृद्ध पनि बनाइरहेका छन्। यो विशेष हप्ताले हामीलाई भारतको शिल्पकलाको पछाड़ीको असाधारण भावना र जटिल सीपहरूलाई गहिरो रूपमा बुझ्न प्रेरित गर्दछ।

उनले भने, परम्परागत तकनीकहरूलाई आधुनिक डिजाइनसँग संयोजन गरेर भारतीय शिल्पकारहरूले विश्वव्यापी रूपमा आफ्नो कलाको प्रदर्शन गरिरहेका छन्। यो हप्ताले हस्तनिर्मित कृतिहरू खरिद गरेर र मूल्याङ्कन गरेर, हामीले तीन अमूल्य चीजहरू संरक्षण गर्छौं भन्ने कुरामाथि जोड दिदँछ: पहिचान, गरिमा र सम्पदा।

राज्यमन्त्रीले भने, यो हप्ता केवल उत्सव मात्र होइन तर देशका नागरिकहरूलाई आफ्ना शिल्पकारहरूलाई समर्थन गर्न र भारतको हस्तकला परम्परालाई अगाड़ी बढ़ाउन प्रोत्साहित गर्ने एक मंच पनि हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande