
गान्तोक, 9 दिसम्बर (हि.स.)। दक्षिण एशियामा इको टुरिज्म गन्तव्यको रुपमा चर्चित चितवन, नेपालको अध्ययन भ्रमण गर्न गएको सिक्किमका पर्यटक हितधारकहरुको टोली सिक्किम फर्केको छ। १६ सदस्यीय टोलीमा पर्यटन विभागीय अधिकारी, होमस्टे, होटलर रेस्तुराँ सञ्चालक, ट्राभल एजेन्ट साथै टुर अपरेटरहरुको सहभागिता थियो।
कसरा पर्यटन व्यवसायी समितिको आतिथ्यमा चितवन पुगेका टोलीले चितवन राष्ट्रिय निकुञ्ज, निजी एवं सामुदायिक वन क्षेत्रको अध्ययन गरेको थियो। यसबीच टोलीले चितवनले गर्दै आएको सामुदायिक आधारित पर्यटनमाथि व्यापकरुपमा जानकारी लिएको छ। स्थानीय निकायले स्थानीय समुदायलाई सहभागी गराएर पर्यटन उद्योगमाथि गर्दै आएको विभिन्न योजनाहरुबारे जानकारी लिएका थिए।
यूनिसेफद्वारा विश्व धरोहरको रुपमा मान्यताप्राप्त चितवन राष्ट्रिय निकुञ्ज दक्षिण एशियाकै सबैभन्दा प्रसिद्ध निकुञ्जको रुपमा परिचित छ, जसलाई जैवविविधताको लागि मुख्य केन्द्रको रुपमा मानिएको छ। यसअन्तर्गत विश्वका अन्य कुनै प्रान्तमा नपाइने एकसिङ्गे गैड़ा विश्व पर्यटनको आकर्षण रहेको छ। यसका साथै गोही प्रजनन केन्द्र, चित्तल, बाघ, हरिन, जरायो, भालू लगायत विभिन्न जङ्गली पशुहरु र चराहरुको मुख्य केन्द्र रहेको छ।
सबैभन्दा महत्वपूर्ण कुरा के छ भने नोभेम्बरदेखि अप्रेल महिनासम्म स्थानीय राप्ती र नारानणी नदीमा आउने निर्वासित साइबेरियन चराहरुको चितवन प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको छ। यसअवधिमा यहाँका नदीहरुमा आउने निर्वासित चराहरुको अवलोकन गर्न लाखौं पर्यटकहरु र शोधार्थीहरु चितवन राष्ट्रीय निकुञ्ज आउने गरेका छन्।
सिक्किमी पर्यटन हितधारकहरुको टोलीले निर्वासित साइबेरियन चराहरु, पर्यावरणमैत्री योजनाहरु साथै कम लागतमा निर्माण गरिएका लोकप्रिय पर्यटन स्थलहरुको पनि अध्ययन गरेका थिए। सिक्किम यूनाइटेड टुरिज्म अर्गनाइजेशन (सूटो) का अध्यक्ष गणेश शिवकोटीको नेतृत्वमा गएको टोलीले कसरा पर्यटन व्यवसायी समितिसित एघाह्र बुदेँ सम्झौता गरेको छ। जसको आधारमा दुवै क्षेत्रका पर्यटन विशेषतामाथि अध्ययन गराउने र विचार अनि कार्यक्रमहरु साझा गर्ने निर्णय गरेको छ।
सिक्किमी टोलीले राप्ती नदीमा पाइने गोही, साइबेरियन चराहरु र नदीको पर्यावरणमैत्री कार्यक्रमबारे पनि जानकारी हासिल गरेका थिए। यसैक्रममा टोलीले हात्ती सफारी, कारराईड, रिभर राफ्टिङको आनन्द पनि उठाए। यही क्रममा स्थानीय पाँचतारे स्टार होटलहरुमा स्थानीय उत्पादहरुको प्रयोग र स्थानीयहरुलाई रोजगारको प्रबन्धनबारे पनि टोलीले जानकारी लिएका थिए।
सम्झौताअनुरुप नेपालका पर्यटन हितधारकहरुको टोलीले सिक्किमको ग्रामीण पर्यटन, पर्यावरणमुखी कार्यक्रम, इको टुरिज्म, सरकारको विभिन्न जनमुखी योजनाहरुबारे अध्ययन गर्ने भएका छन्।
हिन्दुस्थान समाचार / बिशाल