
नयाँ दिल्ली, 09 दिसम्बर (हि.स.)। राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को संसदीय दलको बैठकमा मंगलबार बिहार चुनाउमा प्राप्त ऐतिहासिक विजयका लागि दलका सबै सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन गरे।
सांसद उपेन्द्र कुशवाहा, राजीव रंजन सहित धेरै सदस्यहरूले प्रधानमन्त्री मोदीलाई माला लगाएर स्वागत गरे। संसद पुस्तकालय भवनको जी.एम.सी. बालयोगी अडिटोरियममा आज आयोजित यो बैठकमा प्रधानमन्त्रीले सबै सांसदहरूप्रति आभार व्यक्त गर्दै सम्बोधन गरेका थिए। स्रोतहरूका अनुसार, प्रधानमन्त्रीले सबै सांसदहरूसँग चुनावी सुधार सम्बन्धी जारी अभियानबारे कुराकानी गरे। साथै उनले आगामी चुनाउहरूलाई ध्यानमा राखेर सांसदहरूलाई मार्गदर्शन पनि गरे।
स्रोतहरूका अनुसार, 11 दिसम्बरमा आगामी चुनाउहरूलाई लिएर प्रधानमन्त्री मोदीले एनडीएका सांसदहरूसँग रात्रि भोजमा छलफल गर्नेछन्। आज वन्दे मातरमका 150 वर्ष पूरा भएको अवसरमा राज्यसभामा छलफल हुनेछ, जसको सुरुवात गृहमन्त्री अमित शाह गर्नेछन्। लोकसभामा चुनाउ सुधारबारे छलफल शुरु हुनेछ, जसको सुरुवात प्रतिपक्षका नेता राहुल गाँधी गर्नेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी