
पश्चिम मेदिनीपुर, 09 दिसम्बर (हि. स.)। जिल्लामा मतदाता सूचीलाई लिएर अभूतपूर्व गड़बड़ी भएको प्रकाशमा आएको छ जसले आगामी विधानसभा चुनाउपूर्व प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्नचिन्ह लगाइदिएको छ। नवीनतम समीक्षामा थाहा लागेको छए जिल्लाभरिमा 22 हजार मतदाता ‘बेपता’ वा बिना सूचनाको अनुपस्थित रहेको पाइएको छ जसलाई प्रशासनले ‘एब्सेन्ट भोटर’- को श्रेणीमा राखेको छ।
सबैभन्दा ग म्भीर स्थिति खड़गपुर क्षेत्रको छ जहाँ 25 हजारभन्दा अधिक मतदाता एबसेन्टको रूपमा दर्ता भएका छन्। मेदिनीपुर शहरमा पनि लगभग 5 हजार मतदाताहरूलाई सूचीबाट हराएको पाइएको छ।
जिल्लामा मृत मतदाताहरूको नामलाई सूचीबाट हटाउनमा पनि गम्भीर लापरवाही गरेको उजागार भएको छ। उपलब्ध आँकड़ा अनुसार 84 हजार 400 मृत व्यक्तिहरूको नाम अहिले पनि मतदाता सूचीमा दर्ता छ। यसबाट चुनाउ प्रक्रियाको पारदर्शितामाथि प्रतिकूल प्रभाव पर्ने आशंका बढ़्दो छ।
चुनाउ विशेषज्ञहरूको भनाइ छ, व्यापक रूपमा एबसेन्ट तथा मृतक नामहरूको उपस्थितिले यो दर्शाउँछ कि मतदाता सूचीको नियमित सत्पायन तथा अद्यतन गम्भीर रूपमा प्रभावित भएको छ। यो स्थितिले प्रशासनिक उपेक्षालाई मात्र रेखांकित नगरेर चुनावी गड़बड़ीको सम्भावनाहरूलाई पनि जन्माउँछ।
चुनाउ आयोग र जिल्ला प्रशासनमाथि अब दबाव बढ़ेको छ कि उनीहरूले मतदाता सूचीको तत्काल पुनरीक्षण गराओस् ताकि वैद्य र सक्रिय मतदाताहरूले मात्र आगामी चुनाउमा भाग लिन सकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा