सोलर चालित पेयजल ट्याङ्की बन्द, जल संकटमा ग्रामीण
सोलर चालित पेयजल ट्याङ्की बन्द, जल संकटमा ग्रामीण


जलपाईगुड़ी, 09 दिसम्बर (हि. स.)। जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत बिन्नागुड़ी ग्राम पञ्चायतको पहलमा आमबाड़ी महामाया कलोनीमा केही महिनापूर्व सोलर चालित शुद्ध पेयजलको ट्याङ्की जड़ान गरिएको थियो। यसलाई ग्रामीणहरूको दीर्घकालीक पानीको समस्या समाधान गर्नको लागि जड़ान गरिएको थियो। शुरूमा केही दिनसम्म ग्रामीणहरूलाई गुणस्तरीय पानी नियमित रूपमा प्राप्त भइरहेको थियो।

स्थानीय मानिसहरूले आरोप लगाएका छन्, पछिल्लो केही दिनदेखिको यो ट्याङ्की अचानक बन्द भएको छ जसकारण ग्रामीणहरूलाई पुनः पानीको समस्याको सामना गर्न परिरहेको छ। ट्याङ्की शुरू भएपछि उनीहरूलाई धेरै सुविधा भएको थियो। अब ट्याङ्की ठप्प भएको कारण उनीहरूलाई फेरि पानीको संकट झेल्न परिरहेको छ।

ग्रामीणहरूले माग गरेका छन्, प्रशासनले तुरून्तै मामिलामा ध्यान देओस्। सोलर चालित शुद्ध पिउने पानीको ट्याङ्कीलाई यथाशीघ्र शुरू गरोस् ताकि क्षेत्रवासीहरूले पानीको संकटदेखि मुक्ति पाउन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande