गुवाहाटीमा शहीद स्मारकको मुख्यमन्त्रीले गरे उद्घाटन
गुवाहाटीमा शहीद स्मारकको मुख्यमन्त्रीले गरे उद्घाटन


गुवाहाटी, 9 दिसम्बर (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज शहीद स्मारकको उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधित गर्दै मुख्यमन्त्रीले भने, असमको भूमि, संस्कृति र असमियाको पहिचानको रक्षाको लागि आफ्नो प्राणको आहुति दिने महान शहीदहरूको बलिदान र योगदानलाई आज असमका जनताले श्रद्धा र सम्मानका साथ स्मरण गरे। लामो समयसम्म यी वीरहरूको सम्मानमा कुनै स्थायी स्मारक थिएन, तर आज गुवाहाटीमा शहीद स्मारकको निर्माणले यस ऐतिहासिक अभावलाई पूरा गरेको छ।

मुख्यमन्त्रीले भने, शहीद स्मारकमा प्रज्वलित शहीद अनल ज्योति उनीहरूको बलिदानको ज्योतिलाई सदैव उज्जवल बनाइराख्ने छ। सरकारको यस प्रयासले असमको संस्कृति र अममियाको पहिचानको रक्षाका लागि वीरहरूको योगदानलाई गौरवपूर्वक स्मरण गर्ने नयॉं अध्याय शुरू गरेको छ।

शहीद दिवस अघि यस स्मारकको उद्घाटन असमियाको लागि गर्व र प्रेरणाको स्रोत बनेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande