संविधान सभाको पहिलो बैैठकको 79औं वर्षगाँठमा टीएमसी महिला एकाईको ऱ्याली
संविधान सभाको पहिलो बैैठकको 79औं वर्षगाँठमा टीएमसी महिला एकाईको ऱ्याली


कोलकाता, 09 दिसम्बर (हि.स.)। संविधान सभाको पहिलो बैठकको 79औं वर्षगाँठमा मंगलवार तृणमूल महिला कंग्रेसले केन्द्रिय कोलकातामा ऱ्याली निकाल्यो। ऱ्यालीको नेतृत्व राज्यकी वित्तमन्त्री चन्द्रिमा भट्टचार्य र क्याबिनेट मन्त्री शशि पाञ्जाले गरेका थिए। एकाडेमी अफ फाइन आर्ट्सबाट शुरू भएको ऱ्याली धर्मतला तर्फ अगाड़ि बढ़्यो। केएमसीका पार्षद औ मेयर-इन-काउन्सिलका सदस्यहरू पनि यसमा सामेल भए।

नेता तथा कार्यकर्ताहरूले हातमा प्ला कार्ड बोकेका थिए जसमा लेखिएको थियो, बंगालका अधिकारहरूको रक्षा गर्नुछ, मानिसहरू एकजुट भएर उभनुपर्छ। सम्पूर्ण कार्यक्रमलाई राज्यका अधिकारहरू तथा संवैधानिक मूल्यहरूको रक्षासित जोड़िएको थियो।

शशि पाञ्जाले भनिन्, यो ऱ्यालीले मानिसहरूलाई यो कुरा स्मरण गराउनको लागि हो कि संविधान सभाको पहिलो बैठक 9 दिसम्बर, 1946-मा सम्पन्न भएको थियो। उनले भनिन्, संविधान देशको सुरक्षा कवच हो। उनले आरोप लगाइन्, केन्द्र सरकारले बंगालका विकास कार्यहरूमा बाधा दिरहेको छ। राज्यको देय धनलाई रोकिरहेको छ।

नेताहरूले भने, भारतीय जनता पार्टी (भाजपा)-ले हरसम्भव रूपमा बंगालमाथि कब्जा गर्ने प्रयास गरिरहेको छ। उनीहरूले भने, एसआईआर र अत्यधिक दस्तावेजहरूको माग जस्तो तरिकाले आम मानिसहरूलाई सताइरहेका छन्। टीएमसी नेताहरूले आरोप लगाए, भाजपाले सहकारी संघवादलाई कमजोर बनाइरहेको छ। उनीहरूलाई कुनै पनि प्रकारले सत्ता हत्याउनेमाथि मात्र चासो छ। ऱ्यालीमा उपस्थित नेताहरूले दोहोऱ्याए, बंगालका अधिकारहरू तथा संविधानको रक्षाको लागि यस प्रकारको अभियान आगामी दिनमा पनि जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande