
मेदिनीपुर/झाड़ग्राम, 9 दिसम्बर (हि.स.)। जंगलमहलमा जंगली हात्तीहरूको आतंकले फेरि स्थानीय मानिसहरूको जनजीवनको लागि जोखिम उत्पन्न गर्न थालेको छ। दुई दिनभित्रमा पश्चिम मेदिनीपुर र झाड़ग्राम गरी दुईवटा जिल्लाहरूमा हात्तीहरूको हमलामा परी दुईजना मानिसहरूको मृत्यु भइसकेको छ। गए सोमवार साँझ पश्चिम मेदिीपुर र मंगलवार बिहान झाड़ग्राममा भएको यी घटनाहरूबाट क्षेत्रमा गहिरो शोक तथा भय व्याप्त भएको छ।
पहिलो घटना पश्चिम मेदिनीपुरको गोयालतोड़ थाना अन्तर्गत बाघाखुलिया गाउँमा भएको हो। यहाँ गए सोमवार साँझ बथानबाट छुट्टिएको एउटा हात्ती अचानक गाउँमा पस्यो। स्थानीय सूत्रानुसार मोहन सरें जो आफन्तको घरमा पैदल गइरहेका थिए, फुटबल मैदानन नजिक हात्तीको अगाड़ि परे। दन्ते हात्तीले तिनीमाथि हमला गरी शरीरलाई क्षत-विक्षत बनाइदियो। घटनास्थला पुगेका वन विभागीय कर्मीहरूले शवलाई कब्जामा लिए। हात्तीको गतिविधिमाछि नजर राखिँदैछ।
दोस्रो घटना मंगलवार सबेरै झारग्राम जिल्लाको कुलटिकरी क्षेत्रको बालिगेड़िया लाधापाड़ा क्षेत्रमा भएको हो जहाँ 70 वर्षीय जया आड़ीको हत्याको हमलामा परी मृत्यु भयो। बिहान-बिहान भएको यस घटनाले सम्पूर्ण क्षेत्रलाई हल्लाइदियो। यहाँ पनि बथानबाट छुटिएको एउटा हात्तीले नै हमला गरेको थियो।
यी दुवै घटनापछि स्थानीय मानिसहरूमा व्यापक आक्रोश तथा भय व्याप्त भएको छ। ग्रामीणहरूको भनाइ छ, हात्तीहरूको अनियन्त्रित आवागमन तथा बारम्बार बढ़्दो हमलाले आम मानिसहरूलाई बाँच्नै गाह्रो बनाइदिएको छ। वन विबागले आश्वासन दिएको छ, हात्तीहरूको गतिविधिमाथि कड़ा नजर राखिँदैछ साथै प्रभावित क्षेत्रहरूमा सतर्कता बढ़ाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा