
पश्चिम मेदनीपुर, 09 दिसम्बर (हि.स.)। जिल्लाको सबंग थानान्तर्गत बेलकी क्षेत्रमा मंगलवार सबेरै कुहिरो लागेको कारणले भएको सड़क दुर्घटनामा एउटा गाईको मृत्यु भयो।
जानकारी अनुसार एकजना टोटो चालकले चार वटा गाईहरूलाई लिेर चन्दकुडीदेखि संबग बजार तर्फ गइरहेको थियो। यसै अपछि पछिबाट आएको द्रूत गतिको ट्रकले टोटोलाई तीव्र ठक्कर दियो। ट्रकको ठक्करले टोटो सड़क किनारस्थित धानको खेतमा झऱ्यो। घटनामा एउटा गाईको घटनास्थलमै मृत्यु भयो भने टोटो चालक गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर घाइते चालकलाई संबग ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ प्राथमिक उपचारपछि उसलाई मेदिनीपुर मेडिकल कलेज रेफर गरियो।
यता खबर पाउनसाथ संबग थाना पुलिस घटनास्थलमा पुग्यो अनि सम्पूर्म मामिलाको संज्ञान लियो। पुलिसले दुर्घटनामा सामेल टोटो र ट्रक दुवैलाई जफत गरेको छ। तथापि ट्रक चालक भागेको बताइएको छ जसलाई पुलिसले खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा